कञ्चापुर,बैशाख,१५ । सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्याग्ने घोषणा गर्नु भएको छ ।
बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गर्नु भएको हो ।

पार्टीको विधान कुल्चेर आफुलाई दोस्रो पटक नेपाली काँग्रेसको साधारण सदस्यसमेत नरहने गरि हटाइएको बताउदै उहाले अब नेपाली काग्रेस पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले नदिने भन्दै उहाले बिहीवारदेखि आफु प्रदेश सभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्नु भएको हो ।

मल्ल पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवशेन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट हुनुहुन्थ्यो । यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा उहाले नेपाली काँग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गर्नु भएको थियो । त्यसपछि काँग्रेसले उहाँलाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुस