कञ्चनपुर, बैशाख,१५ । नेकपा माओवादी केन्द्रले पुर्चौडी नगरपालिकामा चुनाव प्रचार प्रसार व्यापक बनाएको छ । माओवादी केन्द्रबाट पुर्चौडी नगरको प्रमुखमा माआवादीका युवा नेता बिक्रम कुवर प्रतिकले उम्मेदारी दिएका छन ।

जनवादी तथा डेउडा कलाकार तथा समाजसेवी माआवादी केन्द्र शुदूपश्चिम प्रदेश कमिटि सदस्य बिक्रम कुवर प्रतिक चुनावी दौदमा रहेका छन । कलाकार तथा समाजसेवी माआवादी केन्दका युवा नेता बिक्रम कुवर सरल स्वभाव स्वछ क्रान्तिकारी नेताका रुपमा चर्चित रहेका छन ।
जनयुद्धमा माओवादीको आधार इलाका रहेको पुर्चौडी नगरमा माओवादी केन्द्रका नेता कलाकार कुवरलाई सबैले रुचाउने गरेका छन ।
पुर्चौडी नगरपालिमा कलाकार माओवादी केन्द्रका नेता कुवरले विभिन्न ठाउँमा चुनावी सभामा विविध साँस्कृतिक प्रस्तुतिको बिच भब्य रुपमा चुनाव प्रचामा कार्यक्रम संचालन गरेका छन । बिहिबार पुर्चौडी नगरपालिकाको मल्लादेहीमा चुनावी सभा गर्दै विविध साँस्कृतिक प्रस्तुतिको बिच भब्य रुपमा चुनावी सभा सम्पन्न गरेका छन ।

प्रतिक्रिया दिनुस