कञ्चनपुर । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बेदकोट नगरपालिकामा प्रमुख, उपप्रमुख एव वडाध्यक्ष, सदस्यमा संयुक्त उम्मेदवार अघि सारेर चुनावी मैदानमा होमिएका छन ।

बेदकोटमा माओवादी–समाजवादी बाम प्रगतिशिल गठबन्धनका उम्मेदपार चुनावी अभियान अन्र्तरगत घरदैलोमा जुटेका हुन । बाम गठबन्धनका उम्मेदवारले संयुक्त एजेण्डा अघि सारेर वडा सदस्यका उम्मेदवार समेत रहेका नेकपा माओवादी केन्द्र बेदकोटका युवा नेता दल बहादुर धामी (अबिरल)ले बताए ।

संयुक्त उम्मेदवारले एजेण्डा लगेर जनताको घरदैलोमा गईरहेको बताए । ‘हामीहरु हरेक जनताको घरदैलोमा गईरहेका छौँ, ‘उनले भने, ‘बाम गठबन्धनका संयुक्त उम्मेदवारले जनतासंग दिगो विकासको बाचा गरिरहेका छौँ ।’ उनका अनुसार तीनदिनदेखि वडामा नियमित घरदैलो अभियान शुरु भएको छ ।

प्रतिक्रिया दिनुस