कञ्चनपुर । आशन्न ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पाटीविच बेदकोट नगरमा बाम प्रगतिशिल गठबन्धन भएको छ ।

बेदकोट नगर प्रमुखका लागि प्रगतिशिल बाम गठबन्धनका तर्फबाट रामचन्द्र रेग्मी र उप प्रमुखमा हिरा जैसी(सीमा) चुनावी मैदानमा छन । प्रगतिशिल बाम गठबन्धन संयुक्त उम्मेदवार चुनावी एजेण्डा लिएर मत माग्नका लागि जनताको घरदैलोमा पुगिरहेका छन । उपप्रमुखकी उम्मेदवार सीमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटि सदस्य हुन ।

झण्डै दुई दशकदेखि सकृय राजनीतिमा होमिएकी सीमाले ग्रामिण भेगका महिलाको आर्थिक समुन्नती र आत्मनिर्भर बनाउनमा लागि कार्यक्रम ल्याउँने योजना बनाएकी छिन । उनले पार्टी र बाम लोकतान्त्रिक गठबन्धनका एजेण्डा कार्यान्वयन गर्ने सहित महिलाको बृद्धि विकास, न्याय एव समृद्धिका लागि योजना ल्याएकी छिन । अध्ययन गर्र्दा गर्दै महिलाको मुक्तिका लागि भन्दै ०५९ सालमा जनयुद्धमा होमिएकी सीमाले महिला अझैपनि गृहणीमा सीमित भएकाले महिलाको उत्थानका लागि आफ्नो उम्मेदवारी परेको बताएकी छिन ।

‘यो दुई चार दिन एनजिओ स्टाईलमा महिलालाई तालिम दिएर पार लाग्दैन, ‘उनले भनिन, ‘महिलालाई निःशुल्क शिक्षा, प्राविधिक उच्च शिक्षा र आत्मनिर्भर बनाउनका लागि सीपमुलुक कार्यक्रम ल्याउँनुपर्छ ।’ २० बर्षदेखि महिलाको राजनीतिक, आर्थिक, समाजिक हक अधिकारका क्षेत्रमा संघर्ष गर्दै आएकी सीमाले आफुले जितेसंगै महिलाको बृद्धि विकास र उत्थान केन्द्रीत कार्यक्रम संचालन गर्ने घोषणा गरेकी छिन ।

स्कुले जिवनदेखि नै महिलाको न्यायका लागि खटिएकी सीमा डडेल्धुरादेखि कञ्चनपुरसम्म राजनीतिक माध्यमबाट महिलाको हकहितका लागि खटिएकी छिन । ०५९ सालमा तत्तकालिन माओवादी केन्द्र एसिया कमिटि सदस्य हुदै प्रदेश सदस्यसम्मको जिम्मेबारी निर्वाह गरेकी सीमाले महिलाको दिगो विकासका योजना ल्याएकी छिन । सीमाले डडेल्धुरामा हुँदा एसिया हुँदै जिल्ला सदस्य भएर जिम्मेबारी निर्वाह गरेकी थिईन ।

०६० सालमा कञ्चनपुर आएकी सीमालाई महिला संगठन सदस्य, ०६५ सालमा जिल्ला अध्यक्ष एव केन्द्रीय सदस्य भएर काम गरेको अनुभव छ । बेदकोट नगरका ग्रामिण भेगका महिलालाई सीप प्रदान गरेर स्वदेशमै स्वरोजगारीका कार्यक्रम संचालन गर्दै आत्मनिर्भर बनाएर बेदकोटलाई सम्बृद्धि बनाउने सीमाको सपना रहेको छ । जिवनको पुरै २० बर्ष राजनीतिक क्षेत्रबाट महिलाको बृद्धि विकासका लागि खर्र्चिकी सीमाले महिलाको राजनीतिक रुपमा प्रदान गरिएका हक अधिकार अब प्रशासनिक रुपमा कार्यान्वयन गर्दै व्यवहारिक जिवनमै पुरा गर्ने प्रण गरेकी छिन ।

विशुद्ध राजनीतिमा रहेकी विवादरहित ईमान्दारितापुर्वक निष्ठावान सीमाको लगनशिलता, धैर्यता एव मेहनतले बेदकोटका ग्रामिण महिला समेत प्रभावित भएका छन । ‘हाम्रो चाहना दुई चार महिलाको उत्थान होईन, ‘उनले भनिन, ‘समाजका आम महिलाको मुहारमा खुसी छाउने हो, त्यो खुसी पुरा गर्ने मेरो काँधमा जिम्मेबारी आएको छ ।’

सीमाले महिलाको शिक्षाका साथै स्वास्थ्य न्यायमा समेत उत्तिकै काम गर्ने प्रण गरेकी छिन । बाम प्रगतिशिल उप प्रमुखकी उम्मेदवार सीमाले महिलाका साथै नगरको एकीकृत दिगो विकास सम्बृद्धिका लागि आफुले जितेपनि नजितेपनि काम गर्ने घोषणा गरेकी छिन । ‘हामी राजनीति गर्नेहरुका लागि जित पछि मात्रै समाजका लागि गरौँला भन्ने होईन, ‘हार वा जित दुवैमा काम गर्नुपर्छ, जिम्मेबारीमा आएपछि कार्यान्वयन गर्न सहज हुन्छ ।’

प्रतिक्रिया दिनुस