कञ्चनपुर । आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र बेलौरी नगर स्तरिय निर्वाचन परिचालन कमिटिले उम्मेदवार सहित घरदैलो अभियान संचालन गरेको छ ।

चुनावी एजेण्डा सहित माओवादी केन्द्रले घरदैलो अभियान शुरुवात गरेको नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा बेलौरी ३का वडाध्यक्षमा प्रत्यासी हर्क भुलले बताए । उनले माओवादी केन्द्रले बेलौरीका सबै वडाहरुमा एक साथ घरदैलो अभियान शुरु गरिएको बताए ।

‘हामी हाम्रा चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छौँ, ‘उनले भने, ‘माओवादीकै संघर्षका कारण आज जनताका सन्तान शासन गर्ने ठाँउमा पुगेका छन ।’ उनले अभियानका दौरानामा अन्य पाटी परित्याग गर्दै माअोवादीमा प्रवेस गर्नेहरुको ओईरो लागेको बताए ।

‘हामी जनताको घरदैलोमा गईरहेका छौँ, ‘उनले भने, ‘जनाता हाम्रो अभियानमा जुटिरहेका छन ।’ माओवादी केन्द्र बेलौरी नगर उपाध्यक्ष एव बेलौरी ४ वडाध्यक्षका प्रत्यासी रामेश्वर न्यौपानेले पार्टीका एजेण्डा सहित जनताको घरदैलोमा गईरहेको बताए ।

‘हामीले जनताका जनजिवीका सवाल लिएर जनताको घरदैलोमा पुगिरहेका छौँ, ‘उनले भने, ‘जनताले हामीलाई वडामा यस पटक राम्रो साथ सर्मथन दिईरहेका छन ।’ माओवादी केन्द्रले मेयरमा फेरी पोतिलाल चौधरी र उपमेयरमा मञ्जु शाहलाई अघि सारेको छ ।

जनताको चाहाना अनुरुप प्रमुखमा पुन पोतिलाल चौधरीलाई नै अघि सारेर युवा, महिला, दलित सबै क्षेत्रको समावेसी टिम तयार गरिएको माओवादी केन्द्र बेलौरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस