काठमाण्डौँ ,बैशाख ,१८। नेकपा (क्रान्तिकारी माओवादी )का स्थायी समिति सदस्य परि थापाले अहिलेको बुर्जुवा गणतन्त्रको ठाउँमा जनताको गणतन्त्र ल्याउनका लागि आफूहरुले निर्वाचन बहिस्कार गरेको बताउनु भएको छ । १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताउनु भएको हो ।

दलाल बुर्जुवा गणतन्त्र दलाल पुँजीवादमा आधारित रहेको, दलाल पुँजीवाद अमानवीय हुन्छ भन्दै नेता थापाले यो व्यवस्थामा श्रमिक जनताले गरेको सामुहिक श्रमको फाइदा पुँजीपतिले लिने गरेको स्पष्ट पार्नुभयो । जनताको गणतन्त्रमा योग्यता अनुसारको काम, आवश्यकता अनुसारको दाम हुन्छ भन्दै हरेक सबैलाई, सबै हरेकलाई भन्ने सिद्धान्तमा आधारित व्यवस्था नै जनताको गणतन्त्र हुने पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका दृष्टिले मुलुक विकराल समस्यामा रहेको चर्चा गर्दै उहाँले आफ्नो बजेटको भन्दा बढी विदेशी मुलुकबाट किनेर बजेटको भन्दा बढी विदेशी मुलुकबाट किनेर खाने देश कहिल्यै स्वाधीन र आत्मनिर्भर हुन नसक्ने बताउनु भयो । मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउन मुलुकमा रहेको प्राकृतिक सम्पदा र मानवीय स्रोध साधनको नेपालमै खपत गर्ने नीति र विधिसहितको वातावरण बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अमेरिकी साम्राज्यवादी मिसनमा आधारित एमसीसी सम्झौता खारेज गर्ने र भारतीय कब्जाबाट कालापानी क्षेत्र फिर्ता गर्ने काम नभएसम्म नेपालको स्वाधीनता कायम नहुने भन्दै सबै सच्चा देशभक्त र क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

विभिन्न नारा जुलुससहित माइतीघरबाट न्यूरोड बसन्तपुर पुगेको क्रान्तिकारी मजदुरहरुको ¥याली सभामा परिणत भएको थियो । सभालाई अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०की महासचिव शारदा महतले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष इश्वर तिमिल्सनाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघका महासचिव बसन्त बोगटीले गर्नुभएको थियो भने महासंघका सचिवालय सदस्यद्वय अर्जुनलाल श्रेष्ठ र कुमार घतानीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सयौंको संख्यामा मजदुरहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस