कञ्चनपुर,  कञ्चनपुरको वेदकोट नगरपालिका दैजी छेला सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जना शिक्षकको मृत्यु भएको छ ।

लामो समय देखि शिक्षण पेसामा रहेका हाल शुक्लाफाँटा नगरपालिका वनसमिति शिव संकर माविमा कार्यरत शिक्षक केशव राज अवस्थीको मोटर साइकल दुर्घटना हुदाँ‌मृत अवस्थामा फेला परेका छन । आइतवार दिउँसो वेदकोट नगरपालिका दैजी छेला सडक खण्डमा मोटर साइकल दुर्घटना अवस्थामा मृत फेला परेको  जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दिनुभयो ।

मृतक शिक्षक केशव राज अवस्थीको सव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको  छ । साथमा कोहि नभएकोले दुर्घटनाको कारण नखुलेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुस