कञ्चनपुर । तरुण दल कञ्चनपुरका युवा प्रभावशाली नेता गगन सिह धामी भीमदत्त नगरपालिका ३ वडाध्यक्षको दौडमा छन । धामीलाई नेपाली काँग्रेसले भीमदत्त नगरपालिका ३ वडाध्यक्षको उम्मेदवार बनाएको हो ।

झण्डै अढाई दशकदेखि राजनीतिमा सकृय रहेका धामी तरुण दल कञ्चनपुरका प्रभावशाली नेताका रुपमा परिचित छन । ०५५÷०५६ सालतिर बैजनाथ माध्यामिक विद्यालय अध्ययन गर्दा गर्दै उनी नेवि संघ हुँदै नेपाल तरुण दलको राजनीतिमा होमिएका थिए ।

तरुण दल नगर सदस्य हुदै १२ औँ अधिवेशनमा पाटीको वडा सचिव, महाधिवेशन प्रतिनिधी र अहिले पार्टीको क्षेत्रीय प्रतिनिधी रहेका धामीले यस पटक वडाध्यक्षको यात्रा तय गरेका हुन । धामीसंग वडा सदस्यका उम्मेदवार पनि अब्बल रहेका छन । डिग्री गरेका बीर बहादुर महता सदस्य पदमा छन ।

प्रदेश प्रतिनिधी महिला अगुवा मिना कुँवर(ठगुन्ना) महिला सदस्य रहेका छन । भने पुर्व वडाको अनुभव हाकिसकेका रमेश चौधरी र दलित महिला सदस्य आशा विकको साथ लिएर धामी चुनावी मैदानमा होमिएका छन ।

अब्बल टिमका साथ अघि बढिरहेका धामीले वडाको एकीकृत दिगो विकास र सम्बृद्धिको योजना अघि सारेका छन ।

दक्षिण राजमार्ग बजारदेखि उत्तर चुरेसंग भूगोल जोडिएको भीमदत्त ३ को भौतिक विकासका साथै मानविय विकासको धामीले योजना अघि सारेका छन । ‘हामीले भौतिक विकासका साथसाथै मानिसको चेतनाको विकास पनि गराउँनुपर्छ, ‘उनले भने, ‘युवा पुस्ता कुलतमा फस्दैछन, त्यो बचाउनुपर्छ ।’

उनले खन्यखोलाको रोयल्टी एकलौटी नगरपालिकाले लग्ने भएकाले केही हिस्सा वडामै राखेर वडाको विकासमा लगाउने बताए । ‘यस वडाको दायित्वमा पर्ने खन्यखोलाको रोयल्टी सिङगै नगरपालिका लगिएको छ, ‘उनले भने, ‘यसलाई रोक्दै वडाकै विकासमा लगाउँछु ।’ कृषिमा आत्मनिर्भर बनाउनका लागि व्यवसायिकरण गर्दै अनुदानका कार्यक्रम संचालन गरेर स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गरिने उनले बताए । ‘अघिल्लो वडा सरकारले अघि बढाएका केही अधुरा योजना पुरा गर्छु, ‘उनले भने, ‘वडाकै विकासमा मेरो जिवन सर्मपण गर्छु ।’ घरदैलोमा गईरहेका बेला काँग्रेस र हाम्रो युवा उम्मेदवारको पक्षमा जनलहर बढिरहेको बताए । जनताले दिएको विश्वासलाई खेर जान नदिने घोषणा गर्दै धामीले वडाको विकासमा अहोरात्र खटिने घोषणा गरेका छन ।

प्रतिक्रिया दिनुस