काठमाण्डौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकलाई प्रहरी सरुवा बुढुवामा तमसुक बनाएर रकम अशुल्दै आएको चर्चित पत्रकार रवि धामीले ठोकुवा गरेका छन ।

पत्रकार धामीले समाजिकम सञ्जालमा नेपाल प्रहरीको लेनादेना, बैना, उठाउने बुझाउने कार्यलाई तमसुक बनाए व्यवस्थि तगर्ने कार्यको शुरुवात काँग्रेस नेता रमेश लेखकले गरेका थिए । भनेर उल्लेख गरेका छन ।

यो पटक उनी काठमाण्डौँमा नभएकाले त्यस्तो कार्य नभएको जानकारी । एक मान्छेले कति फरक पार्दो रहेछ ।भन्दै स्टाटस पोष्ट गरेका छन । सरकारले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका नयाँ नियुक्त गरेको छ ।

काँग्रेस नेता रमेश लेखक कञ्चनपुरमै छन । लेखक प्रधानमन्त्री तथा पाटी अध्यक्ष शेर बहादुर देउवाका नजिकका नेताका रुपमा परिचित भएकाले यस विषयमा काँग्रेस नेता कार्यकर्ताहरुले आश्चर्यता प्रकट गरेका छन ।

पत्रकार धामीको आरोपबारे रमेश लेखक र उनका पिए जनक भट्टलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । दुवैको फोन अफ रहेको पाईएको छ ।

प्रतिक्रिया दिनुस