कञ्चनपुर । आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा चुनावी माहोल तात्दै गएको छ । विभिन्न २७ पदका लागि १ सय १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । बेलडाँडीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बाम गठबन्धन गरेका छन । नेपाली काँग्रेस र नेकपा एमाले, राप्रपा सहितका उम्मेदवार छुट्टाछुट्टै चुनावी मैदानमा उत्रिएका छन । जनमोर्चाका उम्मेदवार प्रमुखमा अहिमान थापा र उपप्रमुखमा रोसना थापा(मगर)ले उम्मेदवारी दर्ता गराएपनि चुनावी मैदान छाडेका छन ।

एमालेबाट प्रमुखका लागि अक्कल विष्ट, काँग्रेसबाट हरिचन्द्र राना, माओवादी–समाजवादीबाट संयुक्त ईश्वरी भट्ट, राप्रपाबाट प्रेमसिह साउद, स्वतन्त्रमा एकेन्द्र शाह रहेका छन । भने उप प्रमुखमा काँग्रेसबाट शान्ति नाथ, एमालेबाट फुलदेवी राना, माओवादी–समाजवादीबाट कल्पना गिरी, राप्रपाबाट बसन्ती राना र स्वतन्त्रबाट पुष्पकमल पण्डित रहेका छन । मुख्य राजनीतिक दलविचमै तिव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

नेकपा माओवादी–नेकपा समाजवादीका तर्फबाट संयुक्त बामका उम्मेदवार ईश्वरी दत्त भट्ट, काँग्रेसका उम्मेदवार हरि चन्द्र राना र एमालेबाट अक्कल बहादुर विष्टविच तिव्र प्रतिस्पर्धा हुने स्थानीयको भनाई छ । कुल ५ वडा रहेको बेलडाँडीमा १४ हजार ७ सय ३७ मतदाता रहेका छन । पाँच बर्ष शासन गर्न कसले बाजी मार्ला भन्ने कौतुहलता जगाएको छ । विकासबाट उपेक्षित गरिएको सीमावर्ती बेलडाँडी गाँउपालिका नेतृत्वको लागि तीनै जना उम्मेदवारले लोकप्रिय एजेण्डा अघि सारेका छन ।

शिक्षाका आर्मूल सुधार सहित समुन्न गाँउपालिका
बनाउँछु ः माओवादी–समाजवादी साझा उम्मेदवार भट्ट


–नेकपा माअ‍ोवादी र नेकपा एकीकृकत समाजवादीका तर्फबाट संयुक्त उम्मेदवार बनेका ईश्वरी दत्त भट्टले विकासबाट उपेक्षित गरिएको बेलडाँडीलाई शिक्षामा व्यापक सुुधार सहित समुन्नत गाँउपालिका बनाउने एजेण्डा अघि सारेका छन । बेलडाँडीमा अधिकाँस गरिब तथा मध्यवबर्गको बसोबास रहेकाले उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारको एजेण्डा अघि सारेका छन ।

शिक्षासंगै स्वास्थ्य, खानेपानी, कृषिमा आधुनिकीकरण, शुक्लाफाँटा निकुञ्ज समेत जोडिएकाले जंगली जनावरबाट हुने क्षति रोक्दै आरक्षपीडित भूमिहिन गरिब दलित समुदायका भूमि सम्बन्धीत समस्या समाधान गर्ने, पर्यटत क्षेत्रको विकास, युवालाई गाँउमै कृषि उद्यमी बनाएर आत्मनिर्भर बनाउने, लोक संस्कृति कला र साहित्यको संरक्षण गर्ने, सीमसार रहेको खेतीयोग्य जमिन पुर्नरुत्पादन गर्दै जनतालाई गाँउमै आत्मनिर्भर बनाउँछु । झर्नाखोला र चौधरी नदीको कटानी रोक्न तटबन्ध निर्माण गरेर एकारतिर खेती र अर्कातिर जनता विपद्बाट जोगाउँछु ।

हरेक वडा गाँउका खेलमैदान बनाएर किशोर, किशोरी युवाहरुका लागि विद्यालय बाहिरको समयमा शारिरिक तथा मानशिक रुपमा परिपक्क बनाउुँछ । प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति एव उपकरण विस्तार गरेर गाँउका जनतालाई गाँउमै स्वास्थ्य सुविधा, घर घरबाटै समाजिक सुरक्षा वितरण , जन्मुमृत्युदर्ता निःशुल्क जस्ता काम गर्छु । यसका साथै सुशासन सहित भौतिक पुर्वधार सीमा सुरक्षा गर्दै बेलडाँडढीलाई समुन्न गाँउपालिका बनाउँछु ।

सुशासन सहित भ्रष्टाचार रोकेर गाँउमै जनतालाई रोजगारी दिलाउँछु ः एमाले उम्मेदवार विष्ट


–नेकपा एमाले बेलडाँडी गाँउप्रमुखका उम्मेदवार अक्कल बहादुर विष्टले बढ्दै गएको भ्रष्टाचार रोक्दै सुशासन कायम गरेर गाँउमै युवाहरुलाई रोजगारी दिने योजना अघि सारेका छन ।  कृषिमा प्रबल सम्भावना रहेको बेलडाँडीलाई कृषिमा पुर्ण व्यवसायिकरण गर्दै किसानलाई सहुलियत दिएर विदेशीने क्रम रोक्दै गाँउमा युवाहरुका लागि स्वरोजगारका कार्यक्रम संचालन गर्छु ।

कृषिमा आधुनिकरणी गर्न किसानलाई अनुदान, बिउ बैक स्थापना गर्दै अघि बढ्छु । जब कृषिमा आधुनिकीकरण हुँदैन तब बेलडाँडी मात्र होईन देशकै विकास हुँदैन । विदेशबाट बस्तु किनेर सम्बृद्धि आउँदैन, सम्बृद्धि हाम्रै गाँउमा खोज्नुपर्छ । गाँउबाट रोजगारीका लागि विदेश पलायन हुने क्रम रोक्दै युवाहरुका लागि स्वदेशकै उद्यमीका कार्यक्रम संचालन गर्छु । सबै क्षेत्र निकायसंगै साझेदारीमा कार्यक्रम ल्याएर बेलडाँडीको हितकै लागि काम गर्छु ।

सामुदायिक विद्यालयको सुुधार गर्छु । गाँउमै सबैलाई निःशुल्क शिक्षा दिलाउँछु । गरिब दलित, विपन्नका लागि उच्च शिक्षा र प्राविधिक शिक्षा दिलाउँछु । सार्वजनिक निकायमा बढ्दै गएको भ्रष्टाचार रोक्दै जनमुखी योजना ल्याउँछु । यसका साथै बेलडाँडीको सबै क्षेत्रको एकीकृत विकासका लागि काम गर्छु ।

स्वाथ्यका सुधार सहित सम्बृद्ध गाँउपालिका बनाउँछु ः काँग्रेसका उम्मेदवार राना

–नेपाली काँग्रेसबाट बेलडाँडी गाँउप्रमुखका उम्मेदवार हरिचन्द्र रानाले शिक्षा, स्वास्थ्यका ब्यापक सुधार ल्याएर गाँउपालिकालाइर्ए सम्बृद्ध गाँउपालिका बनाउने एजेण्डा अघि सारेका छन । रानाले शिक्ष र स्वास्थ्यमा लगानी गरेर एकातिर गाँउका जनता शिक्षित अर्कारित स्वस्थ्य बनाउने एजेण्डा अघि सारेका हुन । जबसम्म मानिस शिक्षा पाउँदैन तलसम्ब उसले केही गर्न सक्दैन, शिक्षा र स्वास्थ्य बिना मानिसको प्रगति हुँदैन । त्यसैले शिक्षामा विकासका लागि काम गर्छु । गाँउको आमूल परिर्वतनका लागि शिक्षा अपरिहार्य छ ।

बेलडाँडीको स्वास्थ्यलाई सुधार सहित समग्र गाँउपालिकाका सुधार गर्छु । भ्रष्टाचार मुक्त गाँउपालिका बनाउँदै जनतालाई बढिभन्दा बढि सुविधा दिलाउँछु । गाँउको दिगो विकासका पूर्वाधार अघि बढाउँछु । यसका साथै कृयिा क्षेत्रमा समेत लगानी बढाउने,युवाहरुलाई सीपमुलुक शिक्षा दिने, बजार व्यवसास्थापन, ढलको प्रबन्ध गर्छु ।

उत्तरमा निकुञ्ज र दक्षिणमा सीमा भएकाले बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका लागि कार्यक्रम ल्याउँछु । सीमा सुरक्षा गर्दै जनतालाई सुरक्षित बनाउँछु । हरेक सामुदाय जात जातिको धर्म संस्कृतिको रक्षा गर्छु । खेलकुद, पर्यटन, लगायतका सबै क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग, समन्वयमा गाँउको एकिकृत दिगो विकास र सम्बृद्ध गाँउपालिका बनाउँछु ।

प्रतिक्रिया दिनुस