कञ्चनपुर । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको बेदकोट नगरका मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । स्थानीय तह निर्वाचन ०७९ बेदकोट नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले नगरका मतदान केन्द्रको अनुगमन गरेको हो ।

बेदकोट नगरपालिकाका निर्वाचन अधिकृत जयन्ती अवस्थी नेतृत्वमा नगरका निर्वाचन केन्द्रमा स्थलगत अनुगमन गरिएको छ । बेदकोटका निर्वाचन अधिकृत जयन्ती अवस्थीले निर्वाचन केन्द्रको भौतिक पुर्वाधार एव निर्वाचन सुरक्षाका लागि विवित पक्षको अनुगमन गरिएको बताईन । निर्वाचन अधिकृत अवस्थी अनुसार नगरका १ देखि ९ वटै वडाका रहेका १३ निर्वाचन केन्द्रको अनुगमन सम्पन्न गरिएको बताईन ।

‘हामीले १३ निर्वाचन केन्द्रको अनुगमन गरिसकेका छौँ, ‘निर्वाचन अधिकृत अवस्थीले भनिन, ‘अब १० नम्बर वडाका दुई केन्द्रको मात्रै अुनगमन गर्न बाँकी छन, त्यो पनि गछौँ ।’ अनुगमनका क्रममा मतदान केन्द्रमा देखिएका समस्या अध्ययन गर्दैै सुधार गरिरहेको समेत उनले बताईन । जसरी भएपनि निर्वाचन स्वच्छ, भयरहित एव निष्पक्ष ढङगबाट सम्पन्न गर्नका लागि पहिल्यै केन्द्रहरुको स्थलगन अनुगमन गरिरहेको उनले बताईन ।

प्रतिक्रिया दिनुस