कञ्चनपुर । आशन्न स्थानीय तहको चुनावका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बाम गठबन्धनका तर्फबाट प्रमुखका लागि नवराज ऐर र उप प्रमुखमा माधव पन्त चुनावी मैदानमा होमिएका छन । दुवै जना युवा शिक्षित उम्मेदवार हुन । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पाटीविच तालमेल भएर बाम गठबन्धन भनेको छ ।

माओवादी केन्द्रका तर्फबाट युवा नेता नवराज ऐर र समाजवादीका तर्फबाट उप मेयर माधव पन्त चुनावी मैदानमा होमिएका छन । बाम गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका ऐर, पन्त सहितका वडाका उम्मेदवार समेत चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन ।

शुक्लाफाँटाका स्थानीय बृद्ध हरिस सिहले समस्या नै समस्याको चाङ भएको नगरपालिका नेतृत्व बुढापाखाबाट नहुने भएकाले नगरको मुहार फेर्नका लागि शिक्षित तथा युवालाई नेतृत्व दिनुपर्नेमा जोडदिए ।

‘हामीले यस अघि थुप्रैलाई जिताएर, केही भएन बुढापाखाबाट जनताको पार लागेन, समस्या उस्तै छन, तर पनि अझै उफ्रीरहेका छन, ‘उनले भने, ‘यस पटक शिक्षित युवालाई हेछौँ, प्रमुखमा नवराज ऐर, उपप्रमुखमा माधव पन्त जिन्छौँ, अरु पाटीसाटी हामी केही जाँदैनैँ ।’

अर्का बृद्ध महेश महराले पनि बुढापाखा घरबाट काठको कुर्सी लगेर कार्यालय जाँदा पनि केही नभएको भन्दै उनले यस पटक युवालाई मौका दिनुपर्ने बताए । ‘हामीले अहिलेसम्म धेरैलाई हेरे, महिलालाई पनि जिताए, केही पार लागेन सबैका समस्या उस्तै छन ।’

महराले पनि पाटी नचिन्ने बताउँदै यस पटक युवा नवराज ऐर र माधव पन्तलाई जिम्मेबारी दिने बताए । शुक्लाफाँटा नगरका युवा सुरेश भट्टले नगरको मुहार फेर्नका लागि यस पटक युवालाई जिम्मेबारी दिनुपर्ने बताए ।

उनले युवा बाहेक बुढापाखा उमेर पाकेकाहरुलाई नगरको जिम्मेबारी दिदा समस्याको भडकाखोलमा झन भाँसिने भएकाले यस पटक युवा उम्मेदवारलाई जिम्मेबारी दिनुपर्ने बताए । ‘शुक्लाफाँटा नगरमा १२ वडा छन, दर्जनौँ गाँउ सयौँ टोल, हजारौँ घर छन, जहाँ गएपनि यस पटक युवा शिक्षित उम्मेदवार नवराज र माधवकै चर्चा छ ।’

स्थानीय महिला सर्मिला लुहारले जिल्लादेखि केन्द्रसम्म पहुँच भएका उच्च शिक्षा हासिल गरेका नवराज र माधवलाई शुक्लाफाँटा नगरपालिकाले पाउनु सौभाग्य भएको बताउँदै यस पटक युवालाई जिम्मेबारी दिनुपर्ने बताए । बाम गठबन्धनका तर्फबाट शुक्लाफाँटा नगरका मेयर ऐर उप मेयर पन्तले सम्बृद्धिका चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन ।

प्रतिक्रिया दिनुस