कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता शुसिल कुमार भट्ट यतीबेला भीमदत्त नगरपालिका ४ वडाध्यक्षको दौडमा रहेका छन । यस अघि ०७४ सालको निर्वाचनमा भट्ट वडा सदस्यमा भारीमतले निर्वाचित भएका थिए ।

०४९ सालमा विद्यालय जिवनदेखि नै काँग्रेस निकट नेवि संघबाट राजनीतिक यात्रा तय गरेका भट्टले टे«ड यूनियन तर्फ काम गरेका थिए । झण्डै तीन दशकदेखि राजनीति, समाजिक क्षेत्रमा जोडिएका भट्टले वडा सदस्य हुँदा अघि बढाएका योजना पुरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

‘मैले यस अघि वडा सदस्य भएर अघि बढाएका योजना पुरा गर्छु, ‘उनले भने, ‘केही अधुरा छन, तिनीहरुलाई पुरा गर्छु ।’ पार्टीको साथ सर्मथनबाट आफु वडाध्यक्षको उम्मेदवार बनेको उनको भनाई छ । राजनीति संगै समाजिक क्षेत्रमा जोडिएका भट्टले वडाको विकास र व्यवस्थित बजार बनाउने योजना अघि सारेका छन ।

भट्ट होटल व्यवसायी संघ कञ्चनपुरका उपाध्यक्ष, भृकुटी विद्यालयका अध्यक्ष एव टे«ड यूनियन काँग्रेस जिल्ला अध्यक्ष समेत रहेका भट्टले बजार क्षेत्रलाई सुन्दर शान्त बनाउने बताए । सार्वजनिक जमिन संरक्षण गर्ने, बजार व्यवस्थापन गर्ने, फोहोर व्यवस्थापन गर्ने, अतिक्रमण खोला नाला हटाउने जस्ता कार्य गरेर वडालाई सुन्दर शान्ति हराभरा बनाउने आफने चाहना रहेको भट्टले बताए ।

‘म भृकुटी माविको अध्यक्ष हुँदा कक्षा १देखि ५सम्म निःशुल्क झोला कपडा वितरण गरेको छु, ‘उनले भने, ‘वडाको शैक्षिक विकास पनि गर्छु ।’ आफ्ना चुनावी एजेण्डा लगेर जनताको घरदैलोमा गईरहेको बताउँदै उनले जनसर्मथन पाईरहेको बताए ।

प्रतिक्रिया दिनुस