कञ्चनपुर । राजनीतिमा नेता कार्यकर्ताहरुले सुहाउँदो सान्दर्भिक समान्य स्वार्थ गर्न सुहाउँछ । तर, राजनीतिमा लागेर आफु भए सबै ठिकठाक अरु भए सबै बेठिक भन्ने एक प्रवृति हावि भएको छ । त्यसकै एक ज्वलन्त उदाहरण बेलौरीका यज्ञ प्रशाद कडेलमा देखिएको छ ।

उनले एमालेमा हुँदा ०७४सालमा आफुले टिकट नपाएपछि पल्लव भट्टको रिसले एमाले पाटी परित्याग गरेर माओवादी केन्द्रमा आए । उतिबेला माओवादीसंग मिलेर आफ्नी श्रीमती राधा कडेललाई उप मेयर बनाए । अहिले ०७९को स्थानीय चुनावमा माओवादीबाट कडेल मेयर र उनकी श्रीमती राधा कडेल उप प्रमुखको आँकाक्षी देखिएका थिए । तर, उनी एमालेबाट माओवादीमा आएकाले पाटीमा विश्वास नहुँदा प्रमुखको टिकट पुन पोतिलाल चौधरीलाई नै पाईयो । न आफु न श्रीमतीले टिकट पाएपछि कडेलले माओवादीप्रति रुष्ट देखिए । खास गरेर पल्लव राज भट्टसंगको ईगोले एमाले परित्याग गरेर माओवादीमा आएका कडेललाई दुई चार बर्षमै टिकट दिन नहुने पक्षमा माओवादी नेता कार्यकर्ता थिए । माओवादी प्रवेस गर्दा उनकी श्रीमतीलाई पार्टीले उप प्रमुख बनायो, तर विडम्बना उनी पराजित भईन ।

उनले माओवादीको केन्द्रीय लेखा आयोग सदस्यबाट राजिनामा दिएको बताउँदै आएका छन । एमाले अध्यक्ष ओली निकट रहेकी एमाले बेलौरीकी प्रमुखकी उम्मेदवार कमला बोहरा पक्षले पाटी अध्यक्ष केपी शर्मा ओलीलाई २२ बैशाखमा बेलौरी बोलाएर यज्ञ कडेल सहितलाई प्रवेस गराईरहेका छन । एमाले नेताहरुले यज्ञ कडेल सहित पुर्व एमालेबाट माओवादीमा प्रवेस गरेका नेता कार्यकर्ता र समाजवादीबाट प्रभावकारी नेता कार्यकर्ता नै प्रवेस गर्ने बताईरहेका छन । एमालेमा कडेलको पुन ईन्ट्री गरेर एमाले कञ्चनपुर जिल्ला सचिव पल्लवराज भट्ट सक्ने अभियान चलाउने उदेश्यले पुन एमालेमै प्रवेस गरिरहेको नेताहरुले बताएका छन ।

‘उतिबेला पार्टीमा पल्लव हावी थिए, उनैले टिकट ल्याए, यज्ञ कडेलले पाएनन, ‘एक एमाले नेताले भने, ‘अहिले आएर माओवादीबाट लाभ लिन नपाएपछि पुन एमालेमा आएर विगतमा पल्लव भट्टसंगको रिसिईबी साँध्ने कडेल समुहको योजना छ ।’ एमाले अध्यक्षले चुनावी आमसभा सम्बोधन कार्यक्रममा कडेल सहित उनी निकट नेताहरु प्रवेस गर्ने कार्यक्रम रहेको छ । तर, कडेलले आफुले माओवादी परित्याग गरेको स्वीकार गर्दै एमाले प्रवेस नगरेको प्रतिकृया दिईरहेका छन । आफुले माओवादी पार्टीको केन्द्रीय लेखा आयोग सदस्यबाट राजिनामा दिएको बताउदै एमाले प्रवेस नगरेको बताएपनि उनी एमाले प्रवेस गरेर पल्लव भट्ट र उनी निकट नेताहरु सिध्याउने अभियानमा सरिक हुने बताए । ‘उता माओवादीतिर पनि कडेललाई फलिफाप भएन, ‘एक एमाले नेताले भने, ‘यता आएर हाम्रो होनहार नेता सिध्याउने अभियान चलाउनेछन ।’ कडेलले एमाले प्रवेस नगरेको बताउँदै आएपनि एमाले नेताहरुले खुलेयाम उनी माओवादीप्रति रिसाएका कारण एमाले प्रवेस गरिरहेको बताईका छन ।

कहिले यता कहिले यता गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने मान्छे वैचारिक रुपमा स्खलल भईरहेको भन्दै कडेलको टिप्पणी भईरहेको छ । बेलौरीमा एमाले राम्रो छवि भएका कडेल अहिले घरी माओवादी, घरी एमाले प्रवेस परित्यागले आफ्नो साख गुमाईरहेका छन । ‘कुनै चुनावमा माओवादी, कुनै चुनावमा एमालेका लागि मत माग्दै जाने यस्तैमा कडेल रुमलिरहेका छन, ‘एक एमाले नेताले भने, ‘एमाले नेता पल्लव हराए पुन एमालेमा आएर राज गरौँला भन्ने सपना नसोचे हुन्छ ।’ ०७४को चुनावकै मुखमा कडेल एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका थिए । अर्को चुनावमा पुन एमाले जाँदैछन । क्षेत्रीयताको राजनीतिमा रमाउन पल्केका उनी सुदूरपश्चिम पहाडी र थारु नेताप्रति कुदृष्ट्रि राख्दै आएको होनहार नेता पल्लव भट्टले बेलौरीमा मेयर टिकट पाएका बेला पाटी छाड्दै माओवादी प्रवेस गरेको घटनाले देखाएको एमाले नेता कार्यकर्ताहरुको बुझाई छ । उनको कहिले एमाले परित्याग गर्दै माओवादी, कहिले माओवादीबाट एमाले प्रवेसलाई स्थानीयले खासै महत्वका रुपमा लिएका छैनन ।

प्रतिक्रिया दिनुस