कञ्चनपुर ,बैशाख ,२० । आसन्न स्थानिय तहको निर्वाचनका लागि बैतडीको डिलाशैनी गाउँपालिका वार्ड ५ मा नेकपा एमालेबाट वार्ड अध्यक्षका लागि मान प्रसाद जोशी( मायालु )ले मनोनयन दर्ता गराएर  चुनावी  प्रचारमा व्यस्त रहेका छन ।

लामो समयदेखि राजनितिमा सक्रिय रहेका पाका , समाजसेवी  जोशी डिलाशैनी गाउँपालिका वार्ड ५ मा एमाले पार्टीबाट अध्यक्ष पदका लागि मतदातालाई भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेका छन ।

जोशीले आफ्ना चुनावी एजेन्डा लगेर गाउँ टोलमा चुनाव  प्रचारमा सक्रिय रहेका छन ।  लामो राजनितिक अनुभव, स्वच्चछवि , राजनितिको ज्ञान भएका, सरल स्वभावका , सहयोगी समाजसेवीको रूपमा गाँउमा छवि बनाएका जोशीले वार्ड ५ मा चुनाव जित्ने दावी गरेका छन । माओवादी आन्दोलन देखि परिचित नाम मायालु सबैका  प्रिय रहेका छन ।

प्रतिक्रिया दिनुस