महेन्द्रनगर,बैशाख २१,। महेन्द्रनगर बजारमा न्यू भिजन स्मार्ट एकेडेमीको समुद्धघाटन गरिएको छ । मंगलबार महेन्द्रनगर बजारको गल्ली नंम्बर ३(महालक्ष्मी बैंकको छेउ)मा मुख्य कार्यालय रहेको न्यू भिजन स्मार्ट एकेडेमीको समुद्धघाटन गरिएको हो ।

विद्यार्थीहरुलाई प्रत्यक्षरुपमा अभ्यास विधिमार्फत बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त न्यू भिजन एकेडेमीको पत्रकार डिवी बोहराले केक काटेर समुद्धघाटन गरेका थिए । समुद्धघाटन कार्यक्रमा प्रमुख अतिथि रहेका पत्रकार डिवि बोहराले विद्यार्थीहरुको भविष्य उज्वल बनाउनमा न्यू भिजन एकेडेमीको ठूलो भुमिका रहने विश्वास व्यक्त गरे । त्यत्तिकै समय व्यतित गरिरहेका युवा विद्यार्थीहरुलाई न्यू भिजनमा भर्ना भई आफ्नो भविष्य निर्माण गर्न समेत पत्रकार बोहराले आग्रह गरे ।

न्यू भिजन स्मार्ट एकेडमीका प्रमुख कार्यकारी अधिकृत शिबम बस्नेतले प्रयाप्त स्रोतसाधन भएको एकेडेमीले दक्ष शिक्षकद्धारा स्नातक सम्मका ट्युसन कक्षाको साथै लोक सेवा कक्षा संञ्चालन गर्ने बताए । न्यू भिजन स्मार्ट एकेडेमीले विद्यार्थीहरुलाई घोकन्ते शिक्षाभन्दा पनि प्राक्टिकलमा बढि ग्राह्यता दिने भएकाले अरु ईस्टच्यूडभन्दा फरक भएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए ।

एकेडेमीका प्रमुख कार्यकारी अधिकृत बस्नेतका अनुसार फार्मेसी, ए.एन.एम, ल्याव टेक्नीसियन, सि.एम.ए, फोरेष्ट्रि, जेटिए, सि.एम.एल.टि, एच.ए, सिभिल ईन्जिनियरिङ्गका लोक सेवा कक्षाहरु केहिदिनमै संञ्चालनमा आउनेछन भने नेपाली सेनाका कक्षाहरु संञ्चालन भईरहेका छन् ।
विद्यार्थीहरुको पहुँचलाई मध्यनजर गर्दै एकेडेमीले बजारको विभिन्न ठाँउमा कक्षा संञ्चालन गर्ने भएको छ । एकेडेमीले शिवमन्दिर नजिक(अञ्चल प्रहरी गुल्म अगाडी) पुरानो ब्रिक्सटन कलेज रहेको भवनमा र चम्मनचोकस्थीत आफ्नो भवनबाट लोक सेवाका विभिन्न सेवा समुहका कक्षाहरु सञ्चालन गरेको छ भने गल्ली नं. ३ स्थीत एकेडेमीको मुख्य कार्यालय रहेको भवनबाट समेत केहि दिनमै लोकसेवाका कक्षा गरिने प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए ।

एसईई दिएर बसेका विद्यार्थीहरुका लागि व्रिजकोर्ष र अंग्रेजी भाषा कक्षा समेत सञ्चालनमा लिएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए । उनका अनुसार सुबिधासम्पन्न स्रोत साधन सहित दक्ष प्रशिक्षकबाट प्राक्टीकलसहितका कक्षा सञ्चालनमा छन ।
समुद्धघाटन कार्यक्रममा एकेडेमीमा अध्ययनरत विद्यार्थी, एकेडेमीका संञ्चालक, एमडि लगायत प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस