कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका किसान आत्मनिर्भर बन्दै गएका छन । बेदकोट नगर ग्रामिण क्षेत्रका विपन्न दलित, आदिवासी, जनजाति, महिला एव कोभिडका कारण भारत सहित विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका किसान आत्मनिर्भर बन्न थालेका हुन ।

स्वीट नेपालले ग्रामिण किसान सहित विपन्न महिलाका लागि आत्मनिर्भर बन्नका सहयोग गरेसंगै उनीहरु विभिन्न पेशा व्यवसाय एव व्यवसायिक खेतीतर्फ उन्मुख भएका छन ।

स्वीट नेपालले पहिलो चरण अन्र्तरगत महिला हिन्सा न्यूनिकरण परियोजना र दोस्रो पटक कोभिड १९ समाजिक आर्थिक पुर्र्नरलाभ परियोजना अन्र्तरगत बेदकोट नगरपालिका र यूनिडिपीको आर्थिक सहयोगमा बेदकोटका विपन्न महिला एव किसान आत्मनिर्भरतर्फ उन्मुख भएका हुन ।

बेदकोट नगरपालिका २दैजीका स्थानीय किसान राम प्रशाद डगौराले स्वीट नेपालको सहयोगपछि व्यवसायिक तरकारी खेती गरिरहेका छन । उनले ५ कट्टा जमिनमा विभिन्न बेमौसमी तरकारी खेती गरेका छन ।

‘रोजगारीका लागि विदेश जाने तयारीमा थिए, कोरोना महामारी आयोग घरमै बसे, त्यही बेला स्वीट नेपालले किसानलाई तरकारी खेती सम्बन्धी तालिम दियो, मैले पनि गरे, आजभोली घरमै तरकारी खेती गरिरहेको छु ।’ तरकारी खेतीबाटै घरखर्च चलाईरहेको बताए ।

उनले स्वीट नेपालबाट तालिम, बिउबिजन दिनुका साथै बजारीकरण सम्बन्धीत तालिम लिएको बताए । बेदकोट नगरपालिका १ चम्पापुरकी स्थानीय महिला राम कुमारी रानाले स्वीट नेपालबाट मेसिन दिएसंगै व्यवसायमा सहज भएको बताईन ।

गुडिया सिलाई सेन्टरकी संचालिका रानाले स्वीट नेपालले मेसिनदिएसंगै व्यवसायमा सहज भएको बताईन । बेदकोट नगरपालिका ३ दैजीका स्थानीय युवा मिन बहादुर कार्कीले भूमिराज वर्कसप मार्फत व्यवसायमा जुटेका छन ।

विदेशबाट फर्किएका उनलाई व्यवसायमा सहजताका लागि कप्रेसर मेसिन दिईएको छ । ‘स्वीट नेपालको मेसिन दिएसंगै सहज भएको छ, ‘उनले भने, ‘काम गर्न चाहने उद्यम युवाका लागि केही गर्न सहयोग चाहिन्छ ।’

माया नेपालीले बेदकोट नपा ५ धरमपुरमा माया सिलाई सेन्टर खोलेकी छिन । स्वीट नेपालबाट तालिम, मेसिन पाएसंगै व्यवसायमा जुटेको उनले बताईन । बेदकोट नगरपालिका ६सिसैयाकी रामवती राना पनि व्यवसायिक तरकारी खेतीमा जुटेकी छिन ।

तरकारी खेतीका लागि खेतजोत्ने मेसिन पावर टिलर पाएसंगै व्यवसायिक खेतीमा जुटेकी छिन । बेदकोट ६ मुसेपानीका महेन्द्र चन्दले पनि स्वीट नेपालबाट व्यवसायिक तरकारी खेतीका लागि पावर टिलर मेसिन पाएका छन ।

उनले स्वटी नेपालबाट मेसिन पाएसंगै व्यवसायिक तरकारी खेतीतर्फ उन्मुख भएका छन । यस्तै स्वीट नेपालले बेदकोट नगरपालिका ७सुडा सुदूरपश्चिम फुड ईण्डष्ट्रिजलाई समेत मेसिन र ¥याक सहयोग गरेको छ ।

स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले कोभिड पुर्व र कोभिड पछि कार्यक्रम संचालन गरिएको बताए । अध्यक्ष तिरुवाले पहिलो चरण्मा महिला हिन्सा न्यूनिकरणका लागि महिलालाई आत्मनिर्भर बनाउन विभिन्न व्यवसायिक तालिम एव मेसिनरी औजार वितरण गरेर स्वरोजगार तर्फ उन्मुख गराईएको बताए ।

कोभिड पछि कोरोनाबाट प्रभावित भएका र विदेशबाट रोजगारी गुमाए स्वदेश फर्किएकाहरुलाई लक्षित गरेर तालिम, बिउबिजन, मेसिन एव उपकरण दिएर आत्मनिर्भर बनाउने काम गरिएको बताए । उनका अनुसार बेदकोट नगरका १० वटै वडाहरुमा विभिन्न कार्यक्रम संचालन गरिएका छन ।

१,२ मा बिउबिजन उत्पादन, २, ४ मा च्याउखेती, ५, ६ सुर्सानी खेती, ७, ८ लसुन र ९, १० मा ब्याज खेती गरिएको छ । ‘किसानलाईं तालिम दिने, औजार उपकरण दिनुका साथै पोलिहाउस समेत निर्माणदेखि बजारीकरण गरेका छौँ, ‘अध्यक्ष तिरुवाले भने, ‘पछिल्ला दिनमा किसान आफ्नो व्यवसायमा लागेपछि आत्मनिर्भर बनिरहेका छन ।

यसका साथै विपन्न समुदायलाई कुखुरा, बाख्रा पालन, बङगुर, बोईलर समेत वितरण गरिएका छन । बेदकोट नगरका किसानले थप कार्यक्रम ल्याएर आर्थिक उपार्जनका कार्यक्रमम संचालनमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस