कञ्चनपुर । राजनीतीशास्त्र बिषयमा स्नातकोत्तर तह र कानुनमा स्नातक सम्मको विश्वविद्यालयको अध्ययन गरेका युवा नेता नवराज ऐर आसन्न स्थानिय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुख पदको उम्मेदवार रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का युवा नेता ऐरले नेपालको राजनितीको विषम समयमा आफ्नो राजनितीक यात्रा थालेका हुन । सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकाको वार्ड नं. १ बन्साह घर भएका ऐरलाई स्थानिय निर्वाचन २०७९मा शुक्लाफाँटा नगरपालिकामा सबै मतदाताले खोजी गरीरहेका छन् ।

युवा उमेदवारका रुपमा रहेका ऐरले विद्यार्थी राजानिती, संघ÷संस्था हुदै पार्टी राजनिती विभिन्न सामाजिक अभियानका नेतृत्व कर्ताका रुपमा काम गरेका छन् । शुक्लाफाँटाको नगर प्रमुख पदको उमेदवार नवराज ऐरले २०५८ सालमा सिद्ध बैजनाथ माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारीको अध्यक्ष पदबाट औपचारीक रुपमा राजनितीक यात्रामा थालेका हुन् ।

नेपालको परिवर्तनकारी विभिन्न आन्दोलनहरुमा सहभागिता र नेतृत्वगरेका ऐरले आफ्नो अहिले सम्मको राजनितीक यात्रामा ठुल–ठुला परिवर्तन आन्दोलनहरुमा सहभागिता नेतृत्व समेत गरेका छन् । नवराज ऐर २०६० सालमा अखिल छैठौंको जिल्ला सदस्य हुँदै २०६२ मा छैठौंकै जिल्ला सचिव भएका थिए ।

कञ्चनपुरको सदरमुकामका रुपमा रहेको महेन्द्रनगरमा विद्यालर्थीहरुको नेतृत्व गरि जनआन्दोलन सफल बनाउन उनको ठुलो योगदान रहेको थियो । राजनितीक परिवर्तनको ठुलो शक्ति विद्यार्थीको तत्कालीन जनआन्दोलनका बेला नेता नवराज ऐर निकै आर्कषक र चर्चित विद्यार्थी नेतकारुपमा रहेका थिए ।

आफ्नै सहभागिता र आखाले उनले थुप्रै शैशिक्षक आन्दोलन, परिवर्तनकारी आन्दोलन र सामाजिक कार्यमा विद्यार्थी नेताका रुपमा नेतृत्वदायि भुमीका निर्वाह गरेका छन् । २०६४ सालमा अखिल क्रान्तिकारीको जिल्ला सदस्य भएका थिए । युवा नेता ऐरको नेतृत्वमा कञ्चनपुरका विभिन्न शैक्षिक आन्दोलनहरु भएका छन् ।

२०६५ सालमा अखिल क्रान्तिकारीको जिल्ला सचिव र तत्कालिन एकिकृत माओवादीको जिल्ला सदस्य भएका थिए । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्व विद्यालय स्थापनाको आन्दोलन लगायतका आन्दोलन र सामाजिक कार्यक्रमहरुमा सहभागी नवराज ऐरले २०६८ सालमा अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य भएका थिए ।

विभिन्न आन्दोलन तथा संर्घषहरुका क्रममा पटक–पटक प्रहरी हिरासतमा बसेका थिए । निकै संर्घषशिल र उतार चढावको राजनितीक जिवन बिताएका युवा नेता ऐर युवाहरु माझ निकै लोकप्रिय रहेका छन् ।

२०७१ सालमा नेकपा (माओवादी केन्द्रं)को विद्यार्थी संगठनको केन्द्रिय सचिवालय सदस्य भएका उनलाई शुक्लाफाँटाका जनताहरुले आफ्नो नगरको भविष्यको रुपमा बुझेका छन् । आसन्न स्थानिय तहको निर्वाचनमा नगर प्रमुख पदका उमेदवार रहेका नवराज विद्यार्थी राजनिती हुँदै पार्टी राजनितीमा सक्रिय रहनुका साथै वाईसिएल नेपालको स्थायी कमिटी सदस्य तथा केन्द्रिय आर्थिक विभाग प्रमुख रहेका छन् ।

विद्यार्थीका समस्या समाधान र विभिन्न शैक्षिक आन्दोलनको नेतृत्व गरेका उनले यस क्षेत्रका शैक्षिक, विकास, कृषी विषयका मुद्दाहरुमा राज्यलाई ध्यानाकर्षण गराएका थिए । २०७२ सालमा अखिल क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यका साथै सुदूरपश्चिम कार्यवाहक संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

स्थानिय तथा राष्ट्रिय मुद्दाहरुमा प्रखर रुपमा आफ्ना विचार व्यक्त गर्न सक्ने क्षमतावान वत्ता र कुशल नेतृत्वकर्ता रहेका ऐर नेकपा(माओवादी केन्द्र)को २०७२ सालमा केन्द्रिय महाधिवेशन सदस्यको रुपमा रहेका थिए । विभिन्न दैविप्रकोप तथा सामाजिक कार्यमा अग्रसर रहने युवा नेता नवराज ऐर, युवाहरुमा निकै लोकप्रिय छन् ।

उनले २०७२ सालको भुकम्प पछि देशका विभिन्न ठाउँमा गई पुनःनिर्माण तथा गोरखामा घर निर्माण, राहत वितरण कार्यमा प्रत्येक्ष सहभागी भएका थिए । उनले गत असोजमा कञ्चनपुरमा परेको अविरल बर्ष पछि कञ्चनपुरमा पिडीत परिवारलाई राहत वितरण गरेका थिए ।

२०७८ सालमा वाईसिएल नेपालको केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश सह–ईन्र्चाज र नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटि सदस्यको जिम्मेवारीमा रहेका छन् । पार्टी संगठनका विभिन्न जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्दै आएका नवराज ऐर शुक्लाफाँटा नगरपालिकाको आसन्न स्थानिय निर्वाचनका लोकप्रिय र चर्चित उम्मेदवारका रुपमा रहेका छन् ।

यस क्षेत्रको आमुल परिवर्तनका लागि विभिन्न आफ्ना ऐजेन्डा सहित स्थानिय निर्वाचन २०७९मा शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुख पदको उमेदवार रहेका युवा देशकै कान्छा पालिका उमेदवार मध्येका एक हुन । नेपालको गृह मन्त्रीको सचिवालय र सम्माननिय सभामुखको सचिवालय समेत समाली सकेका युवा नेता ऐर पार्टी संगठन र जनतामा लोकप्रिय र आर्कषक नेताका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुस