शुक्लाफाँटाको महेन्द्रराजमार्ग संग जोडिएका बजार क्षेत्रमा बिहिबार गठबन्धन दलका उमेदवारहरुले घरदैलो कार्यक्रम गरेका छन् । दैनिक विभिन्न सभा, सम्मेलन, घरदैलो मार्फत मतदाता माझ पुगीरहेका शुक्लाफाँटामा दुई युवा जोडी नगर प्रमुख पदका उमेदवार नवराज ऐर र उप प्रमुख पदका उमेदवार माधव पन्त भोट माग्ने क्रममा विहिबार एउटै पोशाकमा समेत देखीएका छन् । आफुहरु साझा उमेदवार भएको र मतदाता माझ सजिलै आफुहरुलाई चिनाउन सहज होस भनेर एउटै पोशाक लगाएको उमेदवारहरुले बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगर प्रमुख पदका उम्मेदवार नवराज ऐर र नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उप प्रमुख पदका उम्मेदवार माधव पन्त एउटै पोशाक लगाएर मात्र होईन एउटै चुनावी एजेण्डा सहित शुक्लाफाँटाका मतदाताहरुका माझ पुगीरहेका छन् । दुबै त्रिभुवन विश्व विद्यालयबाट उच्च शिक्षा हासील गरेका युवा नेताहरु विद्यार्थी राजनितीबाट पार्टी राजनिती हुँदै स्थानीय तहको निर्वाचनमा मेयर र उप मेयर पदको उमेदवारका रुपमा रहेका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मतदान हुन ८ दिन बाकी रहेका बेला आफ्नो उमेदवारी दिएकाहरु मतदातालाई आफ्ना पक्षमा पार्न मेहनत गरिरहेका छन् । गठबन्धन गरेका समाजबादी र माओवादी केन्द्रका युवा उमेदवारहरुलाई मतदाताहरुले पनि चासो र उत्साहका साथ हेरेका छन् । सार्वजनीक पद धारण नगरेका दुवै युवा र शिक्षीत उम्मेदवार रहेका छन् । शुक्लाफाँटामा मुख्य प्रतिस्प्रधीमा माओवादी केन्द्र, समाजवादी गठबन्धन, नेपाली काङ्गेस र नेकपा ऐमाले रहेका छन् ।

प्रतिक्रिया दिनुस