शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को संयुक्त प्रचारप्रसार समितिले नगरको आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनीक गरेको छ । झलारीमा बिहिबार पत्रकार सम्मेलन गरी दुवै दलका नेताहरुको उपस्थीतिमा नगरपालिकाका नगर प्रमुख पदका उमेदवार नवराज ऐर र उप प्रमुख पदका उमेदवार माधव पन्तको सहभागितामा प्रतिबद्धता पत्र सार्वजनीक गरिएको हो ।

पत्रकार सम्मेलनमा समाजवादीका जिल्ला इन्चार्ज तथा पुर्व मन्त्री लालबहादुर खड्का, माओवादी केन्द्रका जिल्ला ईन्चार्ज टेकेन्द्र प्रसाद भट्ट, माओवादी केन्द्रका प्रदेश सदस्य लोकेन्द्र ऐरी लगायतका नेताहरुको उस्थीती रहेको थियो । प्रतिबद्धता पत्रमा शुक्लाफाँटा नगरको वृहत्तर र विस्तृत विकासका लागी आफ्ना प्रतिबद्धता व्यक्त गरेका छन् । नगरको शिक्षा, स्वास्थ्य, सड्क, यातायात, आवास, खाद्यान्न, कृषी, पशु सेवा, युवा, स्वारोजगार र शुसासन जस्ता विषयहरु समेटेका छन् ।

प्रतिबद्धता पत्रमा नगरको मुहार फेर्ने गरी आफ्ना प्रतिबद्धताहरु रहेको दुवै दलका साझा उमेदवार नगर प्रमुख पदका नवराज ऐर र उप प्रमुख पदका उमेदवार माधव पन्तले बताएका छन् । गरिब र असाहय नागरिकको जिवन स्तर उकास्ने देखी नगरमा औद्योगीकरण, शिक्षामा प्रविधि युक्त र आधुनिक शिक्षा प्रणाली देखी किसालाई उत्पानमा आधारीत अनुदान जस्ता सयौ क्षेत्रमा नगरका जनताको समृद्धि र विकासको प्रतिबद्धता गरिएको छ ।

विहिबार भएको प्रतिबद्धता पत्रमा साझा उमेदवारका तर्फबाट मेयर पदका उमेदवार नवराज ऐर र उप मेयर पदका उमेदवार माधव पन्तले आफ्ना चुनावी कार्यक्रमहरु उपेक्षा गरे भन्दा राम्रा भएको प्रतिक्रिया दिएका छन् । प्रतिबद्धतामा रहेका थप केही बिषयहरु ः य सबै सरकारी स्कुलमा ई–लाईब्रेरी सहित निशुल्क इन्टरनेटसेवा को व्यवस्था गरिनुका साथै एक शिक्षक एक ल्यापटप वितरण गरिने छ ।

य नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयका निजीस्रोत(स्थानिय स्रोत)मा कार्यरत शिक्षकहरुलाई श्रम ऐनले निर्धारण गरेको पारिश्रमीक सुनिश्चित हुने गरि नगर शिक्षक बनाईने छ । य नगर क्षेत्रमा विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न सरकारी अस्पताल संचालकालागि पहल गरिने छ य नगरपालिकाका बिभिन्न क्षेत्रमा आवश्यकता अनुसार विशेषज्ञ सेवा सहितको घुम्ती स्वास्थ्य सेवा प्रदान गर्ने छौ । य नगर क्षेत्रको उपयुक्त स्थानमा ‘कोल्ड स्टोर’को स्थापना कार्यलाई प्राथमिकताका साथ अघि बढाईने छ ।

य आधुनिक कृषि प्रणालीको लागि पशु अस्पताल र कृषी एम्बुलेन्स संचालनमा ल्याईने छ । महिनामा एक दिन किसानको खेतमा श्रमदान गर्ने छौ । य नगर क्षेत्रभित्र रहेका गरिब, विपन्न, मुक्त हलिया, कमलरी, अल्पसंख्यक समुदायका बिद्यार्थीका लागि डिप्लोमा तहको कृषि तथा पशु प्राविधिक शिक्षाकालागि हरेक बर्ष १० जनालाई छात्रवृती प्रदान गरिने छ । य अव्यवस्थित तथा छरिएर रहेको ग्रामीण बस्तीहरुलाई एकीकृत संघन बसोबासको लागि संघन वस्ती विकास कार्यक्रम संचालन गरिने छ ।

य नगरका कालोपत्रे सड्कको स्तर उन्नति, मुख्य ग्राईभेल सडकलाई कालो पत्रे, कच्ची सडक तथा कृषि सडकलाई ग्राईभेल सडकमा आगामी पाँच बर्ष भित्र परिणत गरिनेछ । य सबै घरहरुमा दाउरा, गोइठा र कोईला जस्ता परम्परागत ईन्धनका साधनको विकल्पमा नविकरणीय उर्जाको प्रयोगलाई बढवा दिईने छ । साथै विद्युतिय चुलो प्रयोगलाई प्रोत्साहित गरिनेछ । य सामुदायिक संस्था, सार्वजनिक निकाय र विद्यालय तथा पुस्तकालयहरुमा निःशुल्क इन्टरनेटको सुविधा प्रवाह गरिने छ ।

य वडा स्तरमा सूचना केन्द्र तथा अध्ययन केन्द्रको स्थापना गरिने छ । य नगरपालिका भित्रका प्राज्ञिक तथा बैद्धिक व्याक्तिहरुलाई बैद्धिक सम्पत्तीको रुपमा उपयोग गरिने छ । य नगर क्षेत्रमा रहेको बजारको विकासकालागि दीर्घकालिन भवन निर्माण मापदण्ड, ढल व्यवस्थापन, खानेपानी, आदिको व्यवस्था गरिनेछ ।

य विद्यालय तथा क्याम्पस स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई ‘पढदै कमाउदै’ जस्ता कार्यक्रमहरु संचालनमा ल्याईने छ । य शुक्लाफाँटा नगर भित्र बसोबास गर्ने डोटेली, थारु र राना थारु समुदायको कला, भाषा र संस्कृतीको संरक्षणकालागि पहल गरिने छ । य पर्यटन क्षेत्रलाई उद्योगको रुपमा रुपमान्तरण गर्ने नीति लिईने छ । य उपेक्षित, उत्पिडित विपिन्न वर्ग तथा समुदायका लागि विशेषाधिकार सहीत प्रोत्साहनको व्यवस्था गरीने छ ।

य स्थानिय सरकारलाई दिएको संवैधानिक अधिकारको मातहतमा रही न्याय सेवा लाई निष्पक्ष पारदर्शी स्वतन्त्र, जनउत्तरदायी बनाईने छ । य स्थानीय वन जंगलको संरक्षण गर्ने तथा सुख्खा क्षेत्रमा बृक्षारोपण गरी न्चभभल ऋभिबल अभियानलाई प्रोत्साहन गरिने छ । य वन तथा कृषिमा आधारित पैदावरमा आधारित उद्योग स्थापनालाई प्रोत्साहन गरिने छ । य जनआन्दोलन, जनयुद्ध लगायतका परिवर्तनकारी आन्दोलनमा शहिद भएका परिवारका छोरा छोरीलाई माध्यमिक शिक्षा सम्म छात्रवृति सहित पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गरिने छ ।

य राष्ट्रिय स्तरको रगंशालाको निर्माण, खेलाडीहरुको प्रोत्साहन स्वरुप खेलाडीहरुलाई छात्रवृती तथा पुरस्कार दिईने छ । य स्थानीय सरकारलाई भष्ट्राचारमुक्त, पारदर्शी, जनउत्तरदायी सरकार बनाईनेछ । य भष्ट्राचार निवारण तथा सदाचार निर्माणका लागि शून्य सहनशिलताको नीति अबलम्बन गरिने छ ।

प्रतिक्रिया दिनुस