कञ्चनपुर, बैशाख, २३ । आसन्न स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा सबै संसदीय दलका नेता कार्यकर्ता मतदाताको घरमा भोट माग्दै चुनावमा प्रचारमा व्यस्त रहेका वेला नेकपा क्रान्तिकारी माओवादीका  नेता कार्यकर्ता गाँउ टोलमा पुगेर मतदातालाई भोट नहाल्न र चुनाव बहिष्कार गर्न आग्रह गरिरहेको छन ।

नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता चुनाव घोषणा भए देखि स्थानिय चुनाव बहिष्कार गर्न व्यस्त रहेका छन । बिहिबार नेकपा क्रान्तिकारी माओवादीले कञ्चनपुरको वेदकोट नगरपालिका वार्ड  ५ पोल्खरी धरमपुरमा चुनाव बहिष्कार कार्यक्रम गरेको छ ।

संसदीय दलालहरूले गर्न लागेको स्थानिय तहको चुनाव बहिष्कार कार्यक्रम पोलखरी धरमपुरमा सम्पन्न गरेको नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य हरि सुवेदीले जानकारी दिनुभयो ।

केन्द्रिय सदस्य सुवेदीले भने देश आर्थिक संकट परेको बेला र एमसिसी जस्तो राष्ट्रघात गरेर देशलाइ संकट परेको बेला गर्न लागेको प्रतिकृयावादी स्थानिय तहको चुनावको औचित्य नभएकोले बताए ।

उन्ले भने आर्थिक रूपमा देशलाइ कसरी मजबुद बनाउन सकिन्छ भनेर राष्ट्रिय सहमति गरेर राष्ट्रियताको संरक्षण गर्नु पर्ने समय गर्न लागेको स्थानिय तहको चुनावको नाटक गरेर जनता र देशलाइ आर्थिक संकट तर्फ दलालहरू पुर्याउन खोजेकोले क्रान्तिकारी माओवादीले चुनाब बहिस्कार गरेको बताए ।

प्रतिक्रिया दिनुस