कञ्चनपुर । स्थानीय तहको निर्वाचन आउन एक साता मात्रै बाँकी छ । कञ्चनपुरको दुर्गम लालझाडी गाँउपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । जिल्लाका सबैभन्दा बढि पालिका (कृष्णपुर, पुनर्वास, बेलौरी र शुक्लाफाँटा)संग जोडिएको लालझाडीमा यतिबेला चुनावी सरगर्मी बढेको हो ।

३२ पदका लागि १ सय १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । आ–आफ्नो एजेण्डा लिएर उनीहरु चुनावी मैदानमा उत्रिएका हुन । स्थानीय एव राष्ट्रिय एजेण्डा लिएर राजनीतिक, तिनका उम्मेदवार एव स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । ६ वडा रहेको लालझाडीमा १४ हजार १६ मतदाता रहेका छन । दोदा नदीका कारण कटानी, डुवान र पटानीको उच्च जोखिममा रहेको उक्त पालिका उम्मेदवारका समेत केही साझा, केही छुट्टाछुट्टै एजेण्डा अघि सारेका छन ।

कृषि उत्पादनका हिसाबले उर्बरभूमि रहेको लालझाडीलाई कृषिमा आत्मनिर्भरदेखि अधिकाँस थारु समुदायको बाहुल्यता रहेको बस्ती भएकाले थारु समुदायको शिक्षा, स्वास्थ्य तर्फ केन्द्रीत हुनुपर्नेमा बुद्धिजिवीको सुझाव छ । लालझाडीमा पनि राजनीतिक दलहरुले आ–आफ्नै छुट्टाछुट्टै दावि गरेपनि काँग्रेस, एमाले र माओवादीका उम्मेदवार विचमै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेकपा एमाले र माओवादीबाट पुरानै उम्मेदवार काँग्रेसबाट श्रीकृष्ण राना प्रमुखको दौडमा छन । तीनै जना उम्मेदवारले लोकप्रिय नारा अघि सारेका छन ।

भ्रष्टाचार मुक्त गाँउपालिका बनाउँछु : एमाले उम्मेदवार निर्मल राना 

–एमालेबाट लालझाडी गाँउवपालिका प्रमुखका उम्मेदवार निर्मल रानाले भ्रंटाचारमुक्त गाँउपालिका निर्माणको एजेण्डा अघि सारेका छन । ‘मेरो उम्मेदबारी मुख्य गरेर गाँउपालिकालाई भ्रष्टाचारमुक्त गराउने हो, ‘उनले भने, ‘भ्रष्टाचार रोक्दा सबै क्षेत्रमा काम गर्न सकिन्छ ।’ 

यस अघि अधिल्लो पटक मेयरमै चुनाव लडेका निर्मल रानाले पहिलो प्राथमिकतामा भ्रष्टाचार रोकेर जनताको पक्षमा काम गर्ने बताउँदै गाँउपालिका समस्या समाधान गर्ने बताए । नदीको कटानी नियन्त्रण गरेर कृषि क्षेत्रको विकासका लागि काम गर्छु, पशुपन्छीको विकास गर्छु । शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारको सवकास गर्छु । थारु समुदायको लोक संस्कृति संरक्षण गर्छु । सिङ्गो गाँउपालिकाको विकासका लागि थुप्रै योजना संचालन गरेर अघि बढ्छु । 

अधुरा योजना पुरा गर्छु : माओवादी उम्मेदवार बडायक 

–यस पटक पनि माओवादी केन्द्रले मदनसेन बडायकलाई गाँउपालिका प्रमुखको उम्मेदवारको रुपमा अघि सारेको छ । पार्टीले जनपक्षर््िाय काम गरेको भन्दै आफुलाई नै प्रमुख पदमा उम्मेदवार बनाएको उनले बताए । बडायकले आफ्ना कार्यकालमा संचालन भएका केही अधुरा योजना सम्पन्न गर्ने बताए । 

‘मेरै कार्यकालमा थुप्रै विकास निर्माणका कामकाजका योजना अघि बढेका छन, ‘उनले भने, ‘ति अधुरा योजना मैले नेतृत्वमा मात्रै पुरा हुन्छन ।’ बडायकले शिक्षा, स्वास्थ्य खानेपानी, संचार, कृषि, तटबन्ध निर्माण, पर्यटन क्षेत्रको विकास गर्ने बताए  । ‘मैले गाँउमै रोजगारीका लागि एक मेघा योजना अघि सारेको छु, ‘उनले भने, ‘कृषिमा आधुनिकरण गर्दै अघि बढ्छु ।’ गाँउको एकीककृत दिगो विकास गर्छु । 

तटबन्ध निर्माण गरेर कृषिमा विकास गर्छु : काँग्रेस उम्मेदवार राना 

– नेपाली काँग्रेसका तर्फबाट प्रमुख उम्मेदवार श्रीकृष्ण रानाले गाँउपालिकाको उर्बराभूमि कटानी नियन्त्रण गर्दै कृषियोग्य भूमि जोगाउने एजेण्डा अघि सारेका छन ।
उनले दोदा नदीको कटानी रोकेर किसानलाई कृषिमै आत्मनिर्भर बनाउँदै आर्थिक उपार्जनका कार्यक्रम संचालन गर्ने योजना अघि सारेका छन ।  सडक विस्तार गर्छु, शिक्षा स्वास्थ्यमा जोडदिन्छु । भष्टाचार रोक्न कमिसन, घुस चाकडी जस्ता प्रवृतिको अन्त्य गरेर गाँउको विकासका लागि दत्त चिन्त भएर काम गर्छु । अति गरिब विपन्न परिवारको उत्थानका लागि परिचय पत्र वितरण गर्दै अनुदानका कार्यक्रम संचालन गरेर विपन्नताबाट सम्पन्नतातर्फ उन्मुख गराउने बताए । एक पैशा पनि घुस नखाएर जनताको पक्षमा ईमान्दारितापुर्वक काम गर्छु ।

प्रतिक्रिया दिनुस