फाइल ।

 

कञ्चनपुर,बैशाख,२३ । बैतडीको डिलाशैनी गाँउपालिकामा एक जना युवकको कोदालो प्रहार गरेर हत्या भएको छ । डिलाशैनी गाँउपालिकामा – ७ मनेकुडामा विर शिह ऐरीले अन्दाजी २१ बर्षका आफ्नै छिमेकी स्याम एरीको कोदालोे प्रहार गरेर हत्या गरेको छ ।

शुक्रवार दिउँसो दुवै जनाको खाने पानीको बिषयमा एक आपसमा झगडा हुँदा विर शिह ऐरीले कोदालो प्रहार गरेर स्याम एरीको हत्या गरेको   प्रहरी कार्यालय बैतडीले जानकारी दिनुभयो । विर शिह ऐरी डिलाशैनी गाँउपालिका स्वतन्त्र उम्मेदवारको कार्यक्रताको रुपमा प्रचार रहेको स्थानियले बताएका छन । स्याम एरीको कोदालोे प्रहार गरेर हत्या भए पछि गाँउ शोकमा डुवेको छ ।

प्रतिक्रिया दिनुस