कञ्चनपुर । आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरको दोधाराचाँदनी मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका भीम कुमाल समुहले ठुला राजनीतिक दलका प्रमुख उम्मेदवारलाई चुनौती दिईरहेका छन । भीम कुमाल समुहले नगरका १० वटै वडामा जरबजस्त चुनावी प्रचार प्रसार एव आफ्ना एजेण्डा लिएर जनतामाँझ गईरहेका छन ।

स्वतन्त्र समुह मेयरका उम्मेदवार भीम कुमालले कोरोना महामारीदेखि वाढि सहित विभिन्न महामारी र विपद्का बेला जनपक्षिय काम गरेकाले उनले ठुला दलका प्रमुख उम्मेदवारलाई चुनौती दिईरहेका छन ।

‘स्वतन्त्र उम्मेदवार कुमालको पक्षमा दैनिक जनलहर बढिरहेको छ, ‘चाँदनीका एक बृद्ध पदमा सुनारले भनिन, ‘उनले विगतमा जनता संकटमा परेका बेला लगाएको गुनले उनी बलिया देखिएका छन ।’

सुनारले केही उम्मेदवार सहकारी, वन सहितका विभिन्न ठगीधन्दामा सकृय भएपनि फेरी लाज पचाएर जनताको घरदैलोमा मत माग्न गईरहेको भन्दै कुमाल जनताको सेवा गरेर शिर डाडो पाँदै जनताको घरदैलोमा गईरहेको बताईन ।

दोधाराका स्थानीय महेश थापा मगरले भीम कुमालले जनता संकटमा पर्दा व्यक्तिगत रुपमा गरेको कामको जनताले मुल्याङकन गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवार जनताकै पक्षमा देखिएको बताए । ‘म कुमालको कुनै सर्मथन मान्छे होईन, ‘उनले भने, ‘अहिलेको वातावरण कुमालकै पक्षमा देखिएको छ ।’

दोधाराचाँदनी मेयरका स्वतन्त्र उम्मेदवार भीम कुमालले आफुले राज्यबाट पाउने कुनैपनि सुविधा नलिने बताए । ‘मैले राज्यबाट पाउने पुरै सुविधा दिदैन, ‘उनले भने, ‘नगरका गरिब विपन्न समुहका लागि खर्च गर्छु ।’ मेयरले पाउने सुविधाको छुट्टै कोष खडा गरेर गरिब असाहयका लागि सेवा गर्ने कुमालले एजेण्डा अघि सारेका छन ।

कुमालले दोधाराचाँदनी नगरको चौतर्फि विकास गर्दै भ्रष्टाचारमुक्त नगरपालिका बनाएर जनपक्षीय काम गर्ने बताएका छन । कुमालले नगरका १० वटै वडाको एकीकृत विकास, महाकाली जोगबुढाको तटबन्ध निर्माण, अधुरो सुख्खाबन्दगवाह निर्माण, मध्यवर्ती क्षेत्र हटाउने, सीमा सुरक्षा, कृषिको विकास, शिक्षा स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार निर्माण, गाँउमै रोजगारीका कार्यक्रम संचालन गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, मलखादको समस्या समाधान गर्ने, रसायनीक मल विस्थापित गर्ने योजना अघि सारेका छन ।

‘दोधाराचाँदनीका सबै गरिब विपन्नलाई घर घरमा निःशुल्क चुलो र ग्याँस वितरण गछौँ, ‘स्वतन्त्र समुहका मेयर कुमालले भने, ‘काम गरेको देखाउँछौँ ।’ छाडा पशुको व्यवस्थापन वैज्ञानिक रुपमा गर्दै एकातिर कम्पोष्ट मल उत्पादन गर्ने र अर्कातिर दुध उत्पादन गर्ने एजेण्डा अघि सारेका छन ।

नगरको चौतर्फिक एकीकृत विकास गर्दै जनतालाई गाँउमै आधारभूत सेवा सुविधाका साथै रोजगारीका कार्यक्रम संचालन गरेर सम्बृद्ध नगरपालिका बनाउने सपना रहेको कुमालले बताए । हरेक दिन नगरका १०वटै वडाका गाँउ बस्तीमा पुगिरहेका कुमालले आफ्नो पक्षमा समेत जनलहर बढिरहेको दावि गरेका छन ।

प्रतिक्रिया दिनुस