कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले देशलाई दुर्घटनाबाट जोगाउनका लागि पाँच दलिय गठबन्धन बनेको बताएका छन । सोमबार कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त चुनावी जनसभा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई ठुलो दुर्घटनाबाट जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन गरिएको बताएका हुन ।
‘केपी नेतृत्वको सरकारले संविधान हत्या गर्न खोज्यो, मुलुकलाई दुर्घटना तर्फ लग्न खोजेपछि हामी पाँच दल एक ठाँउमा उभिएका हौँ, ‘प्रचण्डले भने, ‘संविधानको रक्षा र प्रतिगम बिरुद्धमा गठबन्धन गरेका छौँ ।’ ओलीले संविधान मास्न खोज्दा सडक सधन र अदालतबाट ओलीको असम्वैधानिक कदम परास्थ गरिएको प्रचण्डले बताए ।
‘ओलीको सरकारले देशलाई दुर्घटना तर्फ लग्न खोज्यो, ‘प्रचण्डले भने, ‘हामीले ओलीलाई बालुटारबाट बालकोट मात्र होईन, सातै प्रदेशबाट एमालेलाई विदाई गरी गठबन्धन सरकार बनाएका छौँ ।’ संविधान राष्ट्रियताको रक्षाका लागि देशलाई दुर्घटनाबाट जोगाउनका लागि गठबन्धन गरेर दोस्रो पटक हुन गईरहेको स्थानीय तहको चुनावको अवस्थामा पुगेको प्रचण्डले स्पष्ट पारेका छन ।
‘अहिले मुख्यतया देशमा दुई गठबन्धन भएका छन, ‘प्रचण्डले भने, ‘एक हामीहरुले संविधान रक्षा गर्ने पक्षको बाा–लोकतान्त्रिक गठबन्धन हो, अर्को ओलीले संविधानको पुन हत्या गर्नका लागि राजावादीसंग गरेको गठबन्धन हो ।’
ओली नेतृत्वको प्रतिगमन गठबन्धनले जनताले गाँउ गाँउसम्म पाएको सिहदरबारको अधिकार खोस्नका लागि भएको बताउदै प्रचण्डले यो निर्वाचनमा प्रतिगमन गठबन्धन परास्थ पानुपर्नेमा जोडदिए । प्रचण्डले गठबन्धनका उम्मेदवार जिताउन समेत अपिल परेका छन ।
‘कञ्चनपुर बाम गठबन्धनका उम्मेदवारका पछि म र माधव कुमार नेपाल सिङगो गठबन्धन छ, ‘प्रचण्डले भने, ‘ढुक्क भएर प्रगतिशल संविधान रक्षकको पक्षमा मत दिनुहोला ।’ प्रचण्डले आदिवासी, जनजाति, महिला, दलित, उत्पिडित समुदायले पाएको अधिकार खोस्नका लागि ओली प्रवृति हावी भएको भन्दै त्यसलाई परास्थ यही चुनावबाटै गर्नुपर्ने धारणा राखेका छन । अध्यक्ष प्रचण्डले बेलौरी नाका विस्तारका लागि आफ्नो पुरै सहयोग रहने समेत घोषणा गरेका छन ।