कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कञ्चनपुर जिल्ला अध्यक्ष समेत रहेका युवा नेता गजेन्द्र बहादुर चन्द भीमदत्त नगर प्रमुखको दौडमा छन । राप्रपा भीमदत्त नगर प्रमुखका उम्मेदवार चन्दले आफ्ना राजनीतिक एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन ।

चन्दले भीमदत्त नगरपालिकालाई भ्रष्टाचारमुक्तदेखि ७० बर्ष माथिका बृद्ध बृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घर–घरमै गराईनेसम्मका ४० बुँदे एजेण्डा अघि सारेका छन । राप्रपा उम्मेदवार भीमदत्त नगर प्रमुख चन्दका एजेण्डा यस्ता छन ।

१. भ्रष्टाचार मुक्त स्थानीय तहका सबै निष्पक्ष र छिटो छरितो सेवा गराईनेछ ।
२. नगरभित्रका सम्पूर्ण छाडा चौपायाहरुको एक बर्षभित्र उचित व्यवस्थापन गरिनेछ ।
३. कक्षा १२ सम्म पूर्ण निःशुल्क शिक्षाका साथै छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराईनेछ ।
४. कम्तीमा एक प्राविधिक धारको विद्यालय र सबै सरकारी विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा गराईनेछ ।
५. पहुँचयुक्त प्रविधि, ब्रेललिपी तथा दोभाषे र सांकेतिक भाषाको विकासमा बिशेष जोड दिनुका साथै अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति र निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ ।
६. अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकता अनुसार सामग्रीहरु उपलब्ध गराईनेछ ।
७. एक घर एक रुख अभियान सुचारु गरिनेछ ।
८. इतिहाँस योग आयुर्वेद पौराणिक शिक्षा संग–संगै विश्वस्तरमा जोड्न सकिने खालका उच्च स्तरिय प्राविधिक सहितका एक कक्षादेखि आठसम्मको पाठ्यक्रम परिमार्जन गर्ने ।
९. प्रत्येक वडामा योग्य चिकित्सक नर्सिङ्ग प्रोफेसनल फार्मासिष्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नेष्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिनेछ ।
१०. हाल भईरहेका अस्पतालहरुको पूर्वाधारमा गुणस्तरिय सुधार उचित सेवा सुविधा उपलब्ध गराउने स्वास्थ्य वातावरण सहितको सरसफाई तथा विद्यमान स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा बृद्धि गराईनेछ ।
११. ७० बर्ष माथिका बृद्ध बृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घर–घरमै गराईनेछ ।
१२. भीमदत्त नगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवा सुचारु गरिनेछ ।
१३. साँस्कृतिक महत्वका सम्पदा र धार्मिक स्थलहरुलाई उपभोक्ता समिति मार्फत निर्माण तथा पुर्ननिर्माणका कार्य गरिनेछ ।
१४. खेलकुद र युवा शक्तिकरणको प्रबद्र्धन गर्न वित्तीय संस्थाहरुसंग उनीहरुको संस्थागत सामाजिक उत्तरदायित्व समावेश गर्न सहकार्य गरिनेछ ।
१५. हेल्पलाईन कलसेन्टर मार्फत महिला र बालबालिकाका लागि घरेलु हिंसामुक्त सुरक्षित वातावरणको व्यवस्थापन गरिनेछ ।
१६. सचेतना र वकालत कार्यक्रमहरुको सन्दर्भमा महिनवारी सम्बन्धी विशेष चेतनाका कार्यक्रमहरु ल्याइनेछ ।
१७. वडा स्तरिय अभियानहरुमा प्रजनन स्वास्थ्य सचेतनाका कार्यक्रम ल्याईनेछ ।
१८. पर्यटनलाई स्थानीय बासिन्दाको जीवनचर्यासंग जोडिने कार्यक्रम ल्याइनेछ ।
१९. होमस्टे सञ्चालन गर्नका निम्ती स्थानीय समुदाय रानाथारु, थारुहरुको मौलिक खानपिन, रहनसहन, पर्यटक सूचना र यहाँको विशेषताहरुको बारेमा तालिम दिई सञ्चालन गर्न दिईनेछ । स्थानीय व्यञ्जनहरुको ब्राडिङ गरिनेछ ।
२०. खाल्डाखुल्डी, ढल निकास र अन्य प्रदुषण उत्सर्जन गर्ने क्षेत्रहरुको दु्रत मर्मतसम्भार र व्यवस्थापन गरिनेछ ।
२१. हालसम्म फोहोर व्यवस्थापन नभएकाले फोहोर व्यवस्थापनको लागि डम्पिङ साईडको तुरुन्त व्यवस्था गरिनेछ ।
२२. भीमदत्त नगरभरीका सम्पूर्ण सडकहरु कालोपत्रे बनाईनेछ ।
२३. सबै वडा र नगरपालिका स्तरहरुमा अनलाईन भुक्तानी प्रणाली सुरुवात गरिनेछ, साथै जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र जस्ता फारमहरुको लागि सबै अनलाईन आवेदन भर्ने प्रावधान मिलाईने छ र जग्गा कर घर कर, भाडा कर, कम्पनी कर, जमिन आदिका लागि अनलाईन सेवाहरु सुरु गरिनेछ ।
२४. बृद्ध भत्ताको होम डेलिभरी गरिनेछ ।
२५. दक्ष र अदक्ष जनशक्ति, लगानीकर्ता र उद्यमशिलता बिशेषज्ञहरुको तथ्याङ्क संकलन गरी रोजगारी र उद्यमशिलताका अवसरहरु उपलब्ध गराउन सहकार्य गरिनेछ ।
२६. भीमदत्त नगरपालिकाको कार्यालयको प्रत्यक्ष नियन्त्रणमा प्रभावकारी सुझावपेटिका राखिनेछ ।
२७. स्थानीय सरकारलाई स्थानीय जनता र स्थानीय निकायसंग प्रत्यक्ष जोडिनेछ ।
२८. सरकारी प्रक्रियाको अनुगमन र फिल्टर गर्न स्थानीय जनतासंग नगर प्रमुखको मासिक वडा बैठक गराईनेछ ।
२९. भीमदत्त नगरभित्र भ्रष्टाचार बिरुद्धको बिषेश फोर्ष सबै निजी सार्वजनिक र सरकारी क्षेत्रका लागि तयार पारिनेछ ।
३०. भ्रष्टाचारी बिरोधी साईबरब्युरो, अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंग सहकार्य गरिनेछ ।
३१. नगर प्रमुख कार्यालयसंग सिधै जोडिएका सबै सरकारी कार्यालयहरुमा सुझाव पेटिका राखिनेछ ।
३२. नियमित र अनिवार्य विपद सचेतना र उद्धार अभ्यास गराइनेछ ।
३३. स्थानीय जनतालाई प्राथमिक उपचार तालिम दिईनेछ ।
३४. सम्पूर्ण नगरवासीलाई अनिवार्य स्वास्थ्य विमा गराउन प्रोत्साहन गराईनुका साथै सुलभ औषधी पसल राखिनेछ ।
३५. भीमदत्त नगरपालिका अन्र्तगत रहेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई थप आकर्षण, व्यवस्थित र नेपालकै अन्य निकुञ्ज भन्दा उत्कृष्ट बनाउनको लागि गुरुयोजना अगाडी सारिनेछ ।
३६. शव वाहनको उचित व्यवस्थापन गरिनेछ ।
३७. बढ्दै गईरहेको घरेलु हिंसा रोकथाम तथा न्यूनीकरणको लागि जनचेतना जगाउने प्रभावकारी कार्यक्रमहरु अगाडी बढाईने छन् ।
३८. भीमदत्त नगरको पश्चिमपट्टी नेपाल भारतको सीमामा बग्ने महाकाली नदीलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा प्रबद्र्धन गरिनेछ ।
३९. नगरपालिका स्थापना हुँदा महेन्द्रनगर नगरपालिकाको नामाकरण भएकाले पुनः महेन्द्रनगर नगरपालिका नामाकरणकालागि पहल गरिनेछ ।
४०. शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रभित्र पर्ने किसानहरुलाई जंगली जनावरहरुबाट हुने हानी–नोक्सानीको उचित राहतको लागि यथासिघ्र पहल गरिनेछ ।

प्रतिक्रिया दिनुस