कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका पुर्व युवा कार्यकर्ता कल्यान ओझा भीमदत्त नगर प्रमुखको चुनावी दोडमा छन । दलबल होईन एक्लाएक्लै ओझा नगर प्रमुखको यात्रामा छन । स्वतन्त्र उम्मेदवारी दिएका ओझा प्रचार प्रसारको अन्तिम दिन महेन्द्रनगर बजार क्षेत्रका जनतासंग मत मागिरहेका थिए । बैशाख १ गते ०५७सालमा एमाले पाटी कार्यालय कञ्चनपुरमा जनवादी विवाह गरेका ओझाले एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदबारी दिएको बताएका छन ।

‘म मेरो पाटी एमालेसंग एति घनिष्ठ सम्बन्ध थियो, ‘उनले भने, ‘त्यसको बर्णन गर्न पनि सकिदैन, आज एमालेबाट विदाई भएर स्वतन्त्र चुनाव लड्नु परेको छ । विवाद हुँदा एमाले निकट युवा संघका सदस्य रहेको बताउँदै ओझाले सच्चा क्रान्तिकारी एमालेमा टिक्दै नसक्ने बताए । ओझाको एमाले कञ्चनपुरका नेता कार्यकर्ताहरुको उपस्थितिमा दोधाराचाँदनी नगर उप प्रमुख चिनी गिरीसग जनवादी विवाद भएको थियो ।

गिरीसंग सम्बन्ध बिग्रीएपछि ओझा दोस्रो विवाह गरेर भीमदत्त नगरपालिका १८मा बस्दै आएका छन । शिक्षण पेशा गरेका ओझा अब्बल शिक्षक हुन । उनले आफ्नो जिवन नै एमालेले बर्बाद बनाएको भन्दै आफ्ना पक्षमा जनमत कति रहेको छ, भन्ने बारेमा उम्मेदवारी दिएको बताए । आँप चुनाव चिन्ह पाएका उम्मेदवारले आफ्नो विवाहमा २२ बर्ष अघि थुप्रै नेता कार्यकर्ता रहेपनि अहिले एक्लै हिड्नुपरेको दुखेसो पोखेका छन ।

प्रतिक्रिया दिनुस