कञ्चनपुर । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसार गर्ने कार्यक्रम मंसिर अर्थात बैशाख २७ अन्तिम दिन थियो । त्यही लक्ष्य अनुरुप नेकपा बेलडाँडीले मंगलबार चुनावी सभा राखेको थियो ।

चुनावी सभामा नेकपा एमाले बेलडाँडीले जिल्ला अध्यक्ष सुरेन्द्रं विष्ट, पोलिट्ब्यूरो सदस्य निरुदेवी पाललाई आमन्त्रण गरेसगै अर्का पोलिट्ब्यूरो सदस्य राजेन्द्र सिह रावल पनि त्यही कार्यक्रममा सहभागि भएपछि रावललाई नै प्रमुख अतिथि बनाईएको एक एमाले नेताले बताए ।

कार्यक्रममा प्रमुख अतिथि बनाईएको एमाले पोलिट्ब्यूरो सदस्य राजेन्द्र रावलले बेलडाँडी इन्चार्ज गणेश उपाध्यायलाई भगौडादेखि भारतमा नौकरी गर्न जाने भन्दै अपमान गरेको एक एमाले बेलडाँडीका नेताले बताए । ‘यहाँ पोलिट्ब्यूरो सदस्य राजेन्द्र सिह रावलले इन्चार्ज गणेश उपाध्यायलाई भगौडादेखि नौकरी गर्न जाने र अहिलेका उम्मेदवार अक्कल विष्ट कहिकतै भागेन्न, पाटी छाडेर कतै गएनन् भन्दै भनेपछि इन्चार्ज उपाध्यायले माईक खोस्न गएहामीले रोकिहाल्यौँ ।’ कम्यूनिष्ट भएर ठुला नेताले नौकरी गर्न जाने भगौडा भन्दै सार्वजनिक कार्यक्रममा होच्चाएपछि इन्चार्ज उपाध्याय पक्षधरले कार्यक्रम बहिस्कार गरेर स्थलबाहिर गएपछि सहभागि संख्या खाली भएको थियो । ‘श्रम गर्न भारत जाने वा अन्य विदेश जानु के नराम्रो होर, तर कम्यूनिष्ट नेताले बडो देशमा रोजगारी सृजना गरेको जस्तो स्वदेशमा श्रम नगरेको भनेर कोरा भाषणबाजी गर्नु कत्तिको जायज हुन्छ ।’

शिर्ष नेताले कुनै नेताको गुणगान र कसैलाई होच्याएपछि कार्यक्रम बहिस्कार गरेको बताएका छन ।

एमाले बेलडाँडीका इन्चार्ज गणेश उपाध्यायले आफुमाथि टिकटमै घात गरेर उल्टै होच्चाउने, अपमान र बेईजती गर्ने काम भएको भन्दै दुख व्यक्त गरेका छन । ‘हामीले राजेन्द्र रावललाई आधिकारिक बोलाएका होईनौँ, ‘इन्चार्ज उपाध्यायले भने, ‘यहाँ आईहाल्नुभयो, हामीले सम्मानका साथ प्रमुख अतिथि बनाए तर, उनी त म र हाम्रा कार्यकर्तामाथि अपमान गर्ने हिसाबले बोल्न थाले हामीले कार्यक्रम बहिस्कार गरेर घरतिर आए ।’

 

बेलडाँडी गाउँपालिकामा मंगलबार आयोजना गरिएको अन्तिम चुनावी सभामा नेता रावल उपाध्यय विरुद्ध खनिएका हुन् । रावलले उपाध्ययललाई भगौडा भनेपछि मञ्चमा माइक खोसाखोसको अवस्था आएको नेताहरुले बताएका छन् ।

 

‘वहाँले बोल्नु थाल्नु भयो, वहाँ इन्चार्ज हुनु हुन्छ भन्नु भयो, त्यसपछि इण्डिया जाने भगौडा भनेर भन्नु भयो, त्यसपछि कार्यक्रमको माहौल नै अर्कै भयो’ कार्यक्रममा सहभागी एमालेका एक नेताले भने,‘त्यसपछि रावललाई नबोल्न भन्दै माइक खोस्नसम्म भनियो, सहभागीहरुले चुप लाग्नु होस भने ।’

 

नेताहरुका अनुसार रावलले भगौडा भनेपछि आक्रोशित बनेको उपाध्ययलाई तत्काल सञ्चालकलाई उनको हातबाट माइक खोस्न निर्देशन दिए । सञ्चालकलाई खोस्न नसक्ने हो भने आफैंले खास्ने समेत भनेका छन् ।

 

एमाले बेलडाँडी इन्चार्ज उपाध्ययले चुनाव प्रचारका क्रममा रावलले आफ्नो सार्वजनिक बेइज्जत गरेको भन्दै आक्रोश पोखेका छन् । उनले पार्टीको जिम्मेवार नेताबाट गरिएको व्यहारलको आफू दुःखित भएको बताए । ‘हो मलाई कार्यक्रममै भगौडा भनियो, इण्डिया भाग्ने भनियो’ उनले भने, ‘पार्टीका लागि रात दिन लाग्दा पनि यस्तो व्यवहार गरिनु राम्रो होइन, पार्टीले वहाँलाई कारवाही गर्नु पर्छ ।’तर पोलिट्ब्यूरो सदस्य रावल पक्षधर नेताहरुले भने रावलबाट उपाध्याय वा कुनैपनि नेतालाई होच्चाउने काम नभएको भन्दै उम्मेदवारको सकारात्मक संघर्षका बारेमा चर्चा मात्रै भएको बताएका छन ।

प्रतिक्रिया दिनुस