कञ्चनपुर । नेकपा एकीकृत समाजवादी कञ्चनपुरले बेलौरीमा ‘एमाले अपराधिक झुण्ड’को जत्थाले समाजवादी उपमेयरका उम्मेदवार नन्द कुमार रानामाथिको हमला गरेको बताएको छ । समाजवादी कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै ‘एमाले अपराधिक झुण्ड’को जत्थाले समाजवादी उपमेयरका उम्मेदवार नन्द कुमार रानामाथिको हमला गरेको बताएको छ ।
एमाले कञ्चनपुरका जिल्ला सचिव हरक सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा हमलाको भत्र्सना गरेको छ । एकीककृत समाजवादी पाटीले एमाले नेता कार्यकर्ताहरुले आफुमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ ।
नेकपा एकीकृत समाजवादी कञ्चनपुर कमिटिले एक विज्ञप्ती जारी गरेर एमाले बेलौरीका ४ का नेता एव उम्मेदवार अर्जुन ढकालकी श्रीमती सहितमा एमाले नेता कार्यकर्ताले समाजवादीका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ ।
२७ गते दिउँसो समाजवादी बेलौरीको निर्वाचन प्रचार प्रसार अभियानको ¥यालीमा नेकपा एमाले वडा ४ का वडाध्यक्ष उम्मेदवार अर्जुन ढकालकी श्रीमती नेतृत्वमा रहेको प्रतिगामी तथा लोकतन्त्र बिरोधी जत्थाले समाजवादी बेलौरी उप मेयरका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमण गरेको जनाएको छ ।
समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा निर्वाचका मुखमै भएको अप्रजातान्त्रिक, अमार्यादित तथा हिन्सात्मक गतिबिधी हरकत पराजित मानसिकताको पराकाष्ठ भएको जनाएको छ । समाजवादीका सचिव धामीले घाईतेको उपचार र दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।
यस विषयमा नेकपा बेलौरीका नेता एव ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालले आफ्ना नेता कार्यकर्ताले कुनैपनि समाजवादीका नेता कार्यकर्तालाई कुटपिट नगरिएको बताए । उनले निर्वाचनका बेला यतिकै उचालेको र झुटा आरोप भएको बताए । श्रीमतीको नाम आफु वडाध्यक्षको उम्मेदवार भएकाले जोडिएको बताए ।
समाजवादी बेलौरीमा उपमेयरका उम्मेदवार राना तिलक भट्ट पहिले एमाले नेता नै हुन । उनीहरु एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेसंगै एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । बेलौरीमा एमाले नेता कार्यकर्ता समाजवादीका नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएपछि समाजवादीले समेत एमाले नेता कार्यकर्ता कुटपिटको भत्र्सना गर्दै कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।