कञ्चनपुर । नेकपा एकीकृकत समाजवादीले कञ्चनपुरका एक दर्जन नेता कार्यकर्ताहरुलाई कार्बाही गरेको छ ।

पाटी नीति, विधि सिद्धान्त बिरुद्धमा गएको भन्दै समाजवादीले जिल्लाका १२ जना नेता कार्यकर्तालाई कार्बाही गरेको हो । समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीको अन्तरिम विधान २०७८ को धारा ६४ को उपदफा(क) बमोजिम पाटीको हित विपरित गतिबिधी संचालन भन्दै अनुशासनको कार्बाही गरेको हो । समाजवादीले कार्बाही गरेका नेता कार्यकर्ता यिहुन । बेदकोट ४ शंकर भट्ट, राम बहादुर ऐडी, १० डम्बर भट्ट, बेलौरी ६ धन ब. सार्की, ७, हेमन्त कुमार श्रेष्ठ, ३राजेन्द्र बडू, ४ अशोक श्रेष्ठ, पुनम श्रेष्ठ(तुलसी), ७ केशवराज कडेल, ४ हिरामान श्रेष्ठ, शुक्लाफाँटा नगरपालिका ११ रन बहादुर सुनार, लालझाडीका प्रकास रानालाई कार्बाही गरिएको छ । समाजवादीका जिल्ला सचिव धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा अनुशासनको कार्बाहीमा परेका व्यक्तिबाट संचालन गरिने कुनैपनि गतिबिधीमा पाटी जिम्मेबारी नरहने जनाएको छ ।

प्रतिक्रिया दिनुस