कञ्चनपुर । कञ्चनपुरमा नेकपा एमालेका नेता कार्यकर्ताहरुले राना थारु समुदायका उम्मेदवारलाई निसाना बनाईरहेका छन । राना थारु समुदायबाट अधिकाँस माओवादी र समाजवादीले उम्मेदवार अघि सारेका छन ।

जहाँ राना थारु समुदायका उम्मेदवार त्यहाँ एमालेले भौतिक आक्र्रमण गर्न थालेपछि कञ्चनपुरका राना थारु समुदाय एमालेप्रति आक्र्रोसित भएका छन ।

राना थारु समुदायका अगुवा गणेश रानाले एमाले यस पटकको निर्वाचनमा जहाँ जहाँ राना थारु समुदायबाट उम्मेदवार छन, त्यही भौतिक आक्र्रमणमा जुटेको बताए ।

उनले मंगलबार बेलौरीमा नेकपा एकीकृत समाजवादीबाट उप प्रमुखका उम्मेदवार नन्द कुमार रानामाथि साँघात्मिक हमला गरेको २४ घण्टा नबिन्दै फेरी लालझाडीमा राना थारु समुदायबाट वडाध्यक्षमा उम्मेदवार बनेका दिनेश रानामाथि भौतिक आक्र्रमण गरेको बताए ।

‘एमालेको यो कुनै माओवादी र समाजवादीमाथि प्रहर होईन, ‘उनले भने, ‘बषौँदेखि हेपिएका राना थारु समुदाय अघि बढ्न र शासन सत्तामा जानबाट रोक्ने प्रपञ्च हो ।’

अर्का राना समुदायका नेता महेश रानाले एमाले क्रमिक रुपमा राना थारु समुदायमाथि भौतिक आक्र्रमणमा उत्रिएको बताए । ‘एक दिन पहिलो बेलौरी दोस्रो दिन लालझाडीमा एमालेका नेता कार्यकर्ताहरुले राना थारु समुदायका उम्मेदवारमाथि साँघात्मिक हमला गर्न थाले, ‘उनले भने, ‘यो त सरासर थारु समुदायमाथि हेपाह प्रवृतिको उपज हो ।’

कुनै गल्ती नै गरेको भन्दै प्रहरी, प्रशासन र निर्वाचन आयोग छ । तर, सरासर राना थारु समुदायका उम्मेदवारमाथि भौतिक आक्र्रमणमा उत्रिनु एमाले थारु बिरोधी पार्टीको संज्ञा दिएका छन ।

प्रतिक्रिया दिनुस