कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका नेता कार्यकर्ता गुण्डाशैलीमा उत्रिएका छन । एमाले नेता कार्यकर्ताले लालझाडी गाँउपालिका १ माओवादी केन्द्रका उम्मेदवार दिनेश रानामाथि साँघात्मिक हमला गरेका छन ।

एमालेका कार्यकर्ताको आक्र्मणमा परी उम्मेदवार दिनेश राना लगायत आधा दर्जन स्थानीय घाईते भएका छन । अध्यक्ष रानालाई उपचारका लागि अस्पताल लगिएको छ ।

एक दिन अघि मात्रै एमालेका नेता कार्यकर्ताले बेलौरी उप प्रमुखका उम्मेदवार नन्द कुमार रानामाथि भौतिक आक्र्रमण गरेका थिए । आज बिहान वडाध्यक्षमा उम्मेदवार दिनेश रानाकै घरमा खाना खान गएका बेला चुनाव प्रचार गर्न आएको भन्दै घरेलु हतियार सहित ४०÷५० नेता कार्यकर्ताले आक्र्रमण गरेको नेकपा माओवादी केन्द्र लालझाडीका नेता मदन बडायकले बताएका छन ।

आक्रमण गरी फरार भएका एमाले नेता कार्यकर्ता भागेका थिए । कञ्चनपुरका थारु समुदायले एक पछि अर्को राना समुदायकै उम्मेदवारमाथि आक्र्रमण गर्न थालेको भन्दै एमालेको भत्र्सना गरेका छन ।

प्रतिक्रिया दिनुस