कञ्चनपुर, बैखाख ,२९ । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा साँझ काठमाण्डौँको असन चोकमा मशाल जुलुस निकालेको छ । मशाल जुलुस निकालेको भन्दै प्रहरीले नेकपा क्रान्तिकारी माओवादीका पीविएम दिनेश शर्मा, सीसीएम शारदा महत, क्रान्तिकारी माओवादीका नेता वसन्त वोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, राम नेपाली , ढोग प्रसाद उपाध्याय, सुरेश तामाङ्, सुनिता बुढाथोकी, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति, अजय बज्राचार्य, टीका परेल, राजुलामा, अब्दुल सलाम, रामभक्त आचार्य लगायतका नेता गिरफ्तार गरिएको छ ।
प्रहरीले गिरफ्तार गरेका सबैलाई नेकपा क्रान्तिकारी माओवादीले प्रेस विज्ञप्ती जारी गर्दै अविलम्ब रिहाइको गर्न जोडदार माग गरेको छ ।
मसाल जुलुस कार्यक्रममा देउवा नेतृत्वको गठबन्धन सरकारले हस्तक्षेप गरी पार्टीका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई बलजफ्ती गिरफ्तार गरेको घटनाको विरोधमा वक्तव्य जारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले तत्काल रिहाईको माग गरेका छन ।
निर्वाचन बहिष्कार लागि प्रचार प्रसार गर्न पाउने नागरिकहरुको अधिकारमाथि प्रहरी हस्तक्षेप गर्ने, राजबन्दीहरुलाई हतकडी लगाउने र शारीरिक तथा मानसिक यातना दिने सरकारको फासीवादी रवैयाको हाम्रो पार्टी घोर विरोध तथा तीव्र भत्र्सना गरिएको छ । गिरफ्तार गरिनुभएका सम्पूर्ण राजबन्दीहरुलाई अविलम्ब र विना शर्त रिहा गर्न सरकार समक्ष जोडदार माग गरिएको छ ।