कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका १मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएकोछ । काँग्रेसका उम्मेदवार गज बहादुर विष्ट प्यानलका साथ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बेलडाँडीले जनाएको छ ।

काँग्रेसका विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी शंकर भट्टलाई १९ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन । विष्टले ७७२, भट्टले ७५३ मत ल्याएका थिए । उक्त वडामा एमाले फुटेर यस अघि एमालेबाट वडाध्यक्ष जितेका अमर खत्रीले २६९, एमालेकै बागी मनोज बोहराले ६६ र राप्रपाका मनोरथ भट्टले ६७मत ल्याएका छन । काँग्रेसबाटै वडा सदस्यमा श्याम बहादुर रावल, कृष्ण चौधरी, निर्मला सुनार र गौरादेवी उपाध्याय निर्वाचित भएका छन ।

यस अघि ०७४मा एमालेका वडाध्यक्षमा तत्तकालिन हाल समाजवादी वडाध्यक्षका उम्मेदवार खत्रीसंग काँग्रेसका नेता विष्ट पराजित भएका थिए । उतिबेला काँग्रेसका विष्टले ४५३मत ल्याएका थिए । एमालेका तत्तकालिन वडाध्यक्षका उम्मेदवार खत्रीले ५३१ मत ल्याएका थिए । यस वडामा अघिल्लो निर्वाचन भन्दा अहिले काँग्रेसले ३१९बढि मत ल्याएको छ । एमाले फुट्दा, बागी उठ्दा काँग्रेसलाई यो वडा फलिफाप भएको स्थानीयको विश्लेषण छ । विष्ट काँग्रेस बेलडाँडीका सभापति पनि हुन । उनले यस अघि सबै वडा,पालिकामा काँग्रेस जिताउने लक्ष्य अघि सारेका थिए ।

प्रतिक्रिया दिनुस