कञ्चनपुर ,जेठ,०२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ मा नेकपा एमालेका उम्मेदवार उत्तरदेव भट्ट विजयी भएका छन । एमालेका उम्मेदवार उत्तरदेव भट्ट ७८३ मत लिएर विजय भएका छन । कांग्रेस उम्मेदवार शुवर्ण बिष्टले ७३५ मत पाएका छन बिष्टले ४८ झिनो मत अन्तरले पराजित हुन पुगेका छन । त्यस्तै गठवन्धनका उम्मेदवार हरिश बिष्टले ३८४ मत पाएका छन ।

महिला सदस्य एमाले उम्मेदवार न्जना चौधरी ६२५ एमाले उम्मेदवार दलित महिला सदस्य सन्तोला कामी ६१३ कांग्रेस उम्मेदवार खुला सदस्य दिना राना ६५१ कांग्रेस उम्मेदवार खुला सदस्य बल्देव अवस्थी ६५१ विजय भएका छन ।

गठवन्धनका मेयरका उम्मेदवार नवराज ऐर वार्ड १ बाट ७९३ मत पाएर छन । एमाले उम्मेदवार रण बहादुर महराले ६६३ मत पाएका छन त्यस्तै कांग्रेस उम्मेदवार चिन्तामणी भट्टले ४६९ मत पाएका छन । माआवादी केन्द्रका गठवन्धनका मेयरका उम्मेदवार नवराज ऐरले अग्रता कायम राखेका छन ।

प्रतिक्रिया दिनुस