बैतडीको डिलाशैनी गाउँपालिका वडा ५ को वडा अध्यक्षका स्वतन्त्र  उम्मेदवार यज्ञराज भट्ट विजयी भएका छन् । राजनीतिक दलका उम्मेदवारहरुलाई चुनौती दिँदै निर्वाचनमा होमिएका भट्टले ७४० मत ल्याएर वडा अध्यक्षमा जितेका हुन् ।

उनका  प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गा नाथले ३१९ मत पाएका छन् । यसअघि डिलाशैनी गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवार हरिदत्त पन्तले जित हासिल गरेका थिए । अहिले सम्म डिलाशैनी गाउँपालिकामा ४ र ५ स्वतन्त्र विजयी भएका छन । त्यस्तै वार्ड १ र ६ कांग्रेसले विजयी  प्राप्त गरेको छ । वार्ड २ र ३ नेकपा एमालेका उम्मेदवार विजयी भएका छन ।

प्रतिक्रिया दिनुस