कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मतगणना स्थगित भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ को पञ्चाधिन माध्यामिक विद्यालयको बुथ केन्द्रको मतगणना हुँदा खसेको मत भन्दा बढी मत गणना गर्दै नतिजा सार्वजनिक भएपछि नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका हुन् ।

पञ्चाधिन बुथ केन्द्रमा १ हजार ९ सय १४ मत खसेकोमा २ हजार ६४ मत गणना भएको भन्दै नतिजा प्रकाशित गरिएको थियो । कृष्णपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रबहादुर बुढाले कम्पुटरमा डाटा इन्ट्री गर्दा गल्ती भएको जानकारी दिनु भयो ।

नेकपा एमालेले भने धादली भएको भन्दै पुनः मतदान हुनु पर्ने माग गरेको छ । तर, प्रमुख निर्वाचन अधिकृत बुढाले खसेकोे भन्दा बढी मत नभेटिएको र रेकर्ड राख्दा त्रुटी भएको भन्दै मतगणना सुचारु हुने बताउनु भयो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवारले ५ सय २९, नेपाली कांग्रेसका मेयर उम्मेदवारले ८ सय ९८ र माओवादी केन्द्रका उम्मेदवारले ४ सय ७९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुस