नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आज बिरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीले मंगलवार नेपाल आयल निगमको गेट अघि कालो व्यानर राखी प्रदर्शन गरेको छ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य अभिवृद्धि खारेज गर, शिक्षा,स्वास्थ्यको सम्पूर्ण रुपमा राष्ट्रियकरण गरि निःशुल्क गर, भ्रष्टाचारीलाई कारवाही गर, गाँस,बास, शिक्षा, स्वास्थ्यको जिम्मा राज्यले लिग जस्ता नाराहरु लेखिएको कालो व्यानरमा त्रिपुरेश्वरबाट नाराबाजी सुरु भई टेकु स्थित नेपाल आयल निगमको गेट अगाडि कोण सभा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुस