कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी निर्वाचित भएका छन । माओवादी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा नेता चौधरी एमालेकी केन्द्रीय सदस्य कमल बोहरालाई १ हजार ९८४ ल मतको अन्तरले हराउँदै नगरको मेयरमा पुन निर्वाचित भएका छन ।

चौधरीले ८ हजार ७८७ र बोहराले ६ हजार ८०३ मत ल्याएका थिए ।काँग्रसका हरेन्द्र विष्टले ६ हजार ३१३ मत ल्याएका छन । यस अघि ०७४ मा पनि माओवादी केन्द्रबाटै उम्मेदवार भएका चौधरी मेयरमै निर्वाचित भएका थिए । यति बेला २९ हजार ३७७, मतदाता मध्ये २३ हजार १२४ मत खसेका थिए ।

चौधरीले काँग्रेसका उम्मेदवार हरेन्द्र विष्ट र एमालेका उम्मेदवार पल्लवराज भट्टलाई झिनो मतको अन्तरले हराउँदै प्रमुखमा निर्वाचित भएका थिए । उतिबेला पोतिलाल चौधरीले ६ हजार ७ सय ६३ मत ल्याएर निर्वाचित भएको बुझिन्छ ।

अहिले उनको मत बृद्धि भएको छ । जनप्रिय र विकासप्रेमी नेता भएकाले पाँच बर्ष पछि चौधरीको लोकप्रियताले जनमत बृद्धि भएको स्थानीको भनाई छ । उप मेयरमा भने एमाले उम्मेदवार जोगराम चौधरी निर्वाचित भएका छन ।

चौधरीले माओवादीका मञ्जु शाहलाई ७ सय ४८ मतको अन्तरले हराउँदै उप प्रमुखमा निर्वाचित भएका छन । चौधरीले ७ हजार ५८३ र शाहले ६ हजार ८३५ मत ल्याएकी छिन । काँग्रेसकी नेतृ खिना भण्डारीले ६ हजार ६१३मत ल्याएकी छिन । बेलौरीमा काँग्रेसले १, माओवादीले ४ र एमाले ५ वडा जितेको छ ।

५२ पदका लागि बेलौरीमा २३३ जना उम्मेदवार चुनावी मैदानमा थिए । ३९ हजार ५३९मतदाता रहेको बेलौरीमा २५ हजार ७२९ मत खसेका थिए । एमाले–माओवादी प्रमुख नेताले महत्वका रुपमा हेरेको बेलौरी सबैको चासो बढ्दै गएको थियो ।

२२ बैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली र २६ बैशाखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले बेलौरी मञ्चमा आ–आफ्ना उम्मेदवारका लागि मत मागेका थिए । एमाले–माओवादी प्रमुख नेताले महत्वका रुपमा हेरेको बेलौरी सबैको चासो बढ्दै गएको थियो ।

२२ बैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली र २६ बैशाखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड०ले बेलौरी मञ्चमा आ–आफ्ना उम्मेदवारका लागि मत मागेका थिए । पोतिलाल चौधरीलाई हराउन एक समुहले षड्यन्त्र गरेपनि जनताले उक्त षड्यन्त्र चिरेको छ ।

०७४ चुनावकै मुखमा एमालेबाट टिकट नपाएपछि एमाले नेता यज्ञ कडेल माओवादीतिर आएका र ०७९ मा माओवादीबाट टिकट नपाएपछि एमालेमा प्रवेस प्रकरणले कतै माओवादीमा मत फरक पर्ने आशंका गरेपनि ०७४ भन्दा फराकिलो मतले माओवादीका चौधरी विजयी भएका छन ।

एमाले बेलौरीका नेताहरुले उतिबेला पल्लव राज भट्ट हराउन माओवादीमा प्रवेस गरेको र अहिले पोतिलाल हराउन एमालेमा आएपनि कडेलको पाटी परिर्वतनले पल्लवलाई क्षति पुगेपनि पोतिलाललाई भने फलिफाप भएको नेताहरुले बताईरहेका छन । कडेललाई सुदूरपश्चिमका थारु र पहाडी समुदायलाई नेतृत्वमा आएको नदेख्ने भएकाले थारु पहाडी बिरोधीको संज्ञा दिईन लागेको छ ।

प्रतिक्रिया दिनुस