बैतडीको डिलाशैनी गाउँपालिका वडा  ७ मा स्वतन्त्र उम्मेदवार बनेका युवा प्रकाशमणी भट्ट प्यानल सहित विजयी भएका छन् ।

भट्टले ७४० मत प्राप्त गर्दै विजयी हासिल गर्दा नेपाल कम्युनिस्ट पार्टी माओवादीले १८७ मत, एमालेले १४६ मत, कांग्रेसले २७५ भने एसले २६९ मत प्राप्त गरेको छ ।

यो संगै वडा न.४,५ र ७ मा स्वतन्त्र उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन् । वडा न.४ मा स्वतन्त्र उम्मेदवार हरी पन्त, वडा न. ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानल सहित विजयी भएको छ । डिलाशैनीको वडा न.१ र ६ मा काग्रेस, २ र ३ मा एमालेले जित हात पारेका छन ।

प्रतिक्रिया दिनुस