कञ्चनपुर । दोधाराचाँदनी नगरपालिका प्रमुखमा नेकपा एमालेका नेता किशोर लिम्बु निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार एमाले उम्मेदवार लिम्बुले काँग्रेसका उम्मेदवार गोपाल भट्टलाई ९३३ मतको अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन ।

लिम्बुले ७ हजार १०४ र भट्टले ६ हजार १७१ मत ल्याएका थिए । यस्तै गरी उप प्रमुखमा भने काँग्रेसकी गंगा जोशी निर्वाचित भएकी छिन । जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेकी खिमा चन्दलाई ५४३ मतको अन्तरले हराउँदै उप प्रमुखमा निर्वाचित भएकी छिन । जोशीले ६ हजार ३६५ र चन्दले ५ हजार ८२२ मत ल्याएकी थिईन ।

०७५ को चुनावमा एमालेबाट उप प्रमुख, र काँग्रेसबाट प्रमुख जितेको उक्त पालिकामा ०७९ मा एमाले प्रमुख, उप प्रमुखमा काँग्रेसले जितेको छ । ०४६ सालपछि एमाले पहिलो पटक नेतृत्वमा पुगेको छ । १० वडा रहेको उक्त पालिकामा १÷१ काँग्रेस, माअ‍ोवादी, २ राप्रपा र ६ एमालेले जितेको छ । कुल २६ हजार ८०३ मतदाता रहेको उक्त नगरपालिकामा ५२ पदका लागि २५६ जना उम्मेदवार चुनावी मैदानमा थिए । १८ हजार ३१८मत खसेका थिए । नगर प्रमुखमा निर्वाचित लिम्बुले एमएड र एमबिए गरेका छन । ०४५ सालबाट राजनीतिमा लागेको उनी ०४६ सालको ऐतिहासिक जन आन्दोलनमा सहभागी भएका थिए । त्यसपछि नेकपा एमालेको संगठन निर्माणमा सक्रिय हुँदै अहिले जिल्ला कमिटी सदस्य छन् । उनले दुई कार्यकाल नगर कमिटी अध्यक्ष भएर काम गरे । नेकपा एमाले र माओवादी एकीकरणपछि पनि उनले दोधाराचाँदनीको नेतृत्व पाए ।

नेकपा विभाजन पछिको एमालेको ८ औं जिल्ला अधिवेशनबाट उनलाई जिल्लासदस्य बनाइएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर सुनारसँग झिनो मतले पराजित भएका लिम्बुले नगरको सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन । रमेश लेखक निकट रहेका नेता गोपाल भट्टलाई लिम्बुले पराजित गरेसंगै नगरको सम्बृद्धिमा जोडदिएका छन । काँग्रेस केन्द्रीय सदस्य पुर्वमन्त्री एव सो निर्वाचन क्षेत्रका संसद समेत रहेका लेखक क्षेत्रमा एमाले जितसंगै काँग्रेसले अन्तरघात भएको भन्दै छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्नृेमा जोडदिएका छन । दोधाराचाँदनीमा काँग्रेस पराजित संगै काँग्रेस नेताहरुले सत्ताधारी माओवादी, समाजवादीसंग गठबन्धन गर्ने प्रस्ताव अघि सारेपनि काँग्रेसकै नेता रमेश लेखकको दम्भका कारण आफ्नै नेता पराजित भएको बताईरहेका छन । ‘हामीले उतिखेरै पार्टी नेताहरुसंग गठबन्धन गरेर जाँउ भने, ‘एक काँग्रेस नेताले भने, ‘एनपी र रमेशले आफ्नो क्षेत्र सुरक्षित गर्नेृ चक्करमा काँग्रेस स्वाहाँ बनाए ।’

प्रतिक्रिया दिनुस