कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ । ३० बैशाखमा स्थगित भएको पुनर्वास १० मा नेकपा माओवादी केन्द्रले जितेको छ । ३ जेठमा उक्त वडामा पुन मतदान भएको थियो ।

पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना एमाले–काँग्रेसको गठबन्धन उछिन्दै वडाध्यक्षमा निर्वाचित भएका छन । रानाको नेतृत्वमा पुरै प्यानल निर्वाचित भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका राना वडाध्यक्षमा निर्वाचित भएका हुन । रानाले काँग्रेसका धिरेन्द्र प्रशाद भट्टलाई ६७ मतको अन्तरले हराउँदै पुन अध्यक्षमा निर्वाचित भएका छन ।

रानाले ८४३, भट्टले ७७६ मत ल्याएका थिए । भने राप्रपाका रतन बहादुर मल्लले २७७ र एमालेका राम ब. थापाले ७१ र मत ल्याएका छन ।

एमालेले काँग्रेसका अध्यक्षलाई मत दिने र काँग्रेसले एमालेलाई चारै सदस्य दिने सर्तमा जिल्ला, प्रदेश र केन्द्रको आधिकारिक गठबन्धन नगरेपनि केही एमाले काँग्रेसका पुनर्वास र उक्त वडाका नेताहरुसंग समन्वय गरेर गठबन्धन गरेका थिए तर, एमाले काँग्रेसको उक्त गठबन्धन भत्काउँदै राना निर्वाचित भएका छन । त्यही कारण एमालेका उम्मेदवार रानाले राप्रपाबाट भन्दा निकै कम ७१मत ल्याएका छन ।

उक्त वडामा फर्जी मत हालेको भन्दै एमाले, काँग्रेसका नेताहरुले बखेडा झिकेर पुन मतदानको माग अघि सारेका थिए ।

प्रतिक्रिया दिनुस