बेदकोट । कञ्चनपुरको बेदकोट नगरपालिका १० मा नेकपा माओवादीका युवा नेता रतन सिह निर्वाचित भएका छन । माओवादीका युवा नेता एव बाम गठबन्धनका साझा उम्मेदवार विष्टले काँग्रेसका नैनसिह मडैले ५८ को अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।

माओवादीका विष्टले ६८०, काँग्रेसका मडैदले ६२२ मत ल्याएका थिए । भने एमालेका उम्मेदवार हरिस भाटले ५३४ मत ल्याएका थिए । यस अघि ०७४मा नेकपा एमालेले उक्त वडा जितेको थियो । झिनो मतले माओवादीकै उम्मेदवार पराजित भएका थिए ।

अहिले काँग्रेससंग प्रतिस्पर्धा भएर माओवादी उम्मेदवार विष्ट निर्वाचित भएका छन । माओवादी केन्द्र बेदकोट नगर १० का अध्यक्ष सागर सुनारले गठबन्धनका नेता, कार्यकर्ता आम जनता वडाबासीको साथसर्मथन भरपुर सहयोगले निर्वाचन जितिएको बताए । बेदकोट १०बाट निर्वाचित वडाध्यक्ष रतनसिह विष्टले वडाको एकीकृत दिगो विकास र सम्बृद्धिका योजना अघि सार्ने प्रतिबद्धता जाहेर गर्दै आएका छन ।

प्रतिक्रिया दिनुस