नेकपा माओवादी केन्द्रका युवा नेता एव केन्द्ीय सदस्य ओम विक्रम भाट(सरल)को वडा कञ्चनपुरको बेदकोट नगरपालिका एक वडामा नेकपा माओवादीले जित हासिल गरेको छ । बेदकोट १०मा युवा नेता रतन सिह निर्वाचित भएका छन ।

माओवादीका युवा नेता एव बाम गठबन्धनका साझा उम्मेदवार विष्टले काँग्रेसका नैनसिह मडैले ५८ को अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । माओवादीका विष्टले ६८०, काँग्रेसका मडैदले ६२२ मत ल्याएका थिए ।

भने एमालेका उम्मेदवार हरिस भाटले ५३४ मत ल्याएका थिए । यस अघि ०७४मा नेकपा एमालेले उक्त वडा जितेको थियो । झिनो मतले माओवादीकै उम्मेदवार पराजित भएका थिए । अहिले काँग्रेससंग प्रतिस्पर्धा भएर माओवादी उम्मेदवार विष्ट निर्वाचित भएका छन ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल स्वयम बेदकोटमा गठबन्धन जिताउन खाटिएका थिए । माओवादी केन्द्रीय सदस्य भाटले गठबन्धनका नेता, कार्यकर्ता आम जनता वडाबासीको साथसर्मथन भरपुर सहयोगले निर्वाचन जितिएको बताए । बेदकोट १०बाट निर्वाचित वडाध्यक्ष रतनसिह विष्टले वडाको एकीकृत दिगो विकास र सम्बृद्धिका योजना अघि सार्ने प्रतिबद्धता जाहेर गर्दै आएका छन ।

प्रतिक्रिया दिनुस