कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । शुरुवाती चरणदेखि माओवादी केन्द्रका वडाध्यक्ष अर्जुन साउदले अग्रता कायमै राखेका छन ।

माओवादीका युवा नेता समेत रहेका साउदले एमाले काँग्रेसका उम्मेदवारद्वय जय नारायण जोशी र बीर ब. चन्द भन्दा झण्डै ३ सयको हाराहारीमा अग्रता लिएका छन ।

३ हजार ८०९ मत गणना गर्दासम्म माओवादीका उम्मेदवार साउदले १ हजार १८६ मत ल्याएका छन । भने एमालेका जोशीले ९ सय, काँग्रेसका चन्दले ८ सय ९६ मत ल्याएका छन । माओवादीका वडाध्यक्ष साउद एमाले भन्दा २८६ र काँग्रेस भन्दा २८९मतले अघि छन ।

उक्त वडामा ४ हजार ३६०मत खसेका थिए । अब ५५१ मत गणना बाँकी छन ।

प्रतिक्रिया दिनुस