कञ्चनपुरको वेदकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित हुनुभएको छ । नगर प्रमुख बोहराले ८ हजार ७८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका सुशीला सिंहले ४ हजार ७ सय ४०, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८ सय ९८ तथा राप्रपाका बम बहादुर बमले १ हजार ७ सय ५१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, वेदकोट नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकै श्रीमती तुलसी देवी जोशी निर्वाचित हुनुभएको छ । उपप्रमुख जोशीले ७ हजार २ सय ५४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका पार्वती कुमारी भट्टले ५ हजार ७ सय २७ मत तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट माओवादी केन्द्रका हिरा जैसीले ३ हजार ६ सय ५२ मत प्राप्त गर्नुभएको वेदकोटका निर्वाचन अधिकृत जयन्ती अवस्थी भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस