कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ । कृष्णपुर नगरपालिका २बाट माओवादी केन्द्रको जित शुरुवात भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका उम्मेदवार अर्जुन साउद कृष्णपुर २को वडाध्यक्षमा निर्वाचित भएका छन । माओवादीका उम्मेदवार साउदले एमालेका जयनारायण जोशी र काँग्रेसका बीर ब. चन्दलाई उछिन्दै वडाध्यक्षमा निर्वाचित भएका हुन ।

साउदले एमालेका जोशी र काँग्रेसका चन्दलाई भन्दा ३ सय मतको हाराहारीमा पछाडी पारेका थिए । माओवादीका साउदले १ हजार ३७५ , काँग्रेसका चन्दले १ हजार १६ र एमालेका जोशीले १ हजार ३० मत ल्याएका थिए ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका चर्चित युवा नेता एव प्रदेश सदस्य साउदले वडा जितेसंगै वडाको दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन । उक्त वडामा ४ हजार ३६०मत खसेका थिए । उक्त वडा यस अघि एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुस