कञ्चनपुरको वेदकोट नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् भने ५ वटा वडामा पनि काग्रेसकै उम्मेदवार विजयी भएका छन्

। मेयरमा नेपाली काग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित हुनु भयो भने उपप्रमुखमा नेपाली काग्रेसकै उम्मेदवार तुलसी देवी जोशी निर्वाचित हुनु भयो । नगर प्रमुखमा नेपाली काग्रेसका उम्मेदवार भोजराज बोहरा ८ हजार ७८ मत सहित विजयी हुनु भयो ।

उहाँका प्रतिष्पर्धी एमालेकी उम्मेदवार शुसीला सिंहले ४ हजार ७ सय ४० मत प्राप्त गर्नु भयो । यस्तै एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८ सय ९८ मत प्राप्त गर्नु भयो । यस्तै वेदकोट नगरपालिकाको नगर उपप्रमुख पदमा नेपाली काग्रेसकी उम्मेदवार तुलसी देवी जोशीले ७ हजार २ सय ५४ मत सहित विजय हासिल गर्दा उहाका प्रतिष्पर्धी एमालेकी उम्मेदवार पार्वती कुमार भट्टले ५ हजार ७ सय २७ मत प्राप्त गर्नु भयो ।

यस्तै माओवादी केन्द्रकी उम्मेदवार हिरा जैशीले ३ हजार ६ सय ५२ मत प्राप्त गर्नु भयो । वेदकोट नगरपालिकाका १० वटा वडामध्ये ५ वटा वडामा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् भने २ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । यस्तै २ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार र एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुस