कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा नेकपा एमालेका किशोर कुमार लिम्बुले नगर प्रमुख पदमा विजय हासिल गर्नु भएको छ ।

आफ्ना निकटतम प्रतिष्पर्धी नेपाली काग्रेसका गोपाल दत्त भट्टलाई पराजित गर्दै नगर प्रमुख पदमा विजयी हुनु भएको हो ।

किशोर कुमार लिम्बु ७ हजार १ सय ४ मत सहित विजयी हुदा उहाका प्रतिष्पर्धी नेपाली काग्रेसका गोपाल दत्त भट्टले ६ हजार १ सय ७२ मत प्राप्त गर्नु भयो ।

यस्तै दोधारा चादँनी नगरपालिकामा उपप्रमुखमा नेपाली काग्रेसका गंगादेवी जोशीले ६ हजार ३ सय ६५ मत सहित विजय हासिल गर्नु भएको छ । यस्तै उहाका प्रतिष्पर्धी एमालेका खीमा चन्दले ५ हजार ८ सय २६ मत प्राप्त गर्नु भयो ।

प्रतिक्रिया दिनुस