कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८मा फेरी नेकपा माओवादी केन्द्रले नै जितेको छ । ०७४ मा पनि माओवादी केन्द्रले जितेको वडा यस पटक पनि जितेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार वडाअध्यक्षमा बहादुर सिह महरा सहितकै प्यानल निर्वाचित भएको छ । महराले आफ्ना निकटतम प्रतिद्वन्दी एमाले चक्र्रसिह ठगुन्नालाई २५५ र काँग्रेसका कृष्ण बहादुर ठगुन्नालाई ३६२ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।
महरा नेतृत्वको प्यानलै निर्वाचित भएको छ । सदस्यमा लालसिह महरा, जनकलाल डगौरा, विमलादेवी चौधरी र सरितादेवी टमाटा निर्वाचित भएका छन । यस अघि पनि भारी मतका साथ बहादुर निर्वाचित भएका थिए ।
पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका महरा दोस्रो पटक वडाअध्यक्षको यात्रामा छन । गाँउमा विकास निर्माणको काम गरेर लोकप्रियता कमाएका महराले वडालाई नमुना वडा बनाउने संकल्प गरेका छन ।
प्रतिक्रिया दिनुस